नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमण आरोपमा एक पक्राउ, थप अनुसन्धान जारी
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
घटनाको वास्तविक अवस्था बुझ्न, परिस्थितिको अनुगमन गर्न तथा आवश्यक समन्वयका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रतिनिधि टोली वीरगञ्ज पठाएको जनाएको छ।
मन्त्रालयका अनुसार घटनामा संलग्न एक व्यक्तिलाई पक्राउ गरिएको छ भने अन्य संलग्न व्यक्तिहरूको पहिचान र भूमिकाबारे अनुसन्धान जारी रहेको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।
गम्भीर मुटुरोगीको आकस्मिक कक्षमा उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त तथा उपस्थित व्यक्तिहरूले अस्पतालमा तोडफोड गरेका थिए। त्यसपछि विवाद समाधानका लागि छलफलमा जाँदै गरेका मेडिकल अफिसर डा. प्रमोद राममाथि आक्रमण भएको बताइएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
- ३ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ४ फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ
- ५ काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन
- ६ रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने
- ७ आईएसपीको अर्बौं बक्यौता असुली प्रक्रिया अघि, किस्ताबन्दीमा तिर्न सेवा प्रदायकको प्रस्ताव

तपाईको प्रतिक्रिया दिनुहोस