Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रनाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ : उपराष्ट्रपति यादव

    नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ : उपराष्ट्रपति यादव


    काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नाडा अटो शो व्यापारिक मेला वा सवारी साधनको प्रदर्शनीमा मात्र सीमित नभई नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको सशक्त मार्गचित्र बन्न सक्ने बताएका छन् ।

    मंगलबार भृकुटीमण्डपमा आयोजित नाडा अटो शो २०२६ को उद्घाटन गर्दै उपराष्ट्रपति यादवले नेपालमै सवारी साधन उत्पादन गर्ने वातावरण निर्माण गरी मुलुकलाई आत्मनिर्भरतातर्फ अघि बढाउनुपर्नेमा जोड दिए ।

    उनले अटोमोबाइल क्षेत्रको विकासका लागि नयाँ प्रविधि, विद्युतीय सवारी साधन (ईभी), अटो पार्ट्सलगायतका सेवाहरूलाई एउटै छातामुनि प्रस्तुत गर्दै उपभोक्तासम्म पुर्‍याउने नाडाको प्रयास सकारात्मक रहेको बताए ।

    उपराष्ट्रपति यादवले अटो शोमार्फत उपभोक्ता, उद्योगी, प्रविधि विकासकर्ता र नीति निर्माताबीच प्रत्यक्ष संवाद, समन्वय र सहकार्यको वातावरण निर्माण गर्नुपर्ने बताए ।

    उनले नेपाली अटोमोबाइल बजारलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउँदै विश्वस्तरीय सुरक्षा मापदण्ड नेपालमा प्रवर्द्धन गर्नुपर्नेमा समेत जोड दिए ।

    यादवका अनुसार अटोमोबाइल क्षेत्रको विस्तारसँगै उत्पादन, प्रविधि, रोजगारी र लगानीका अवसर बढाउन आवश्यक छ । स्वदेशमै सवारी साधन उत्पादनको वातावरण निर्माण गर्न सके आत्मनिर्भर अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए ।

    यस्तै, इन्धन आयातमा बाहिरिने ठूलो रकम रोक्न विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा पनि उनले जोड दिए । नेपाल जलस्रोतमा धनी रहेको र जलविद्युत् उत्पादन तीव्र गतिमा बढिरहेको उल्लेख गर्दै उनले पेट्रोल तथा डिजेल आयातमा रहेको निर्भरता घटाउन ईभीको प्रयोग बढाउनु दिगो उपाय भएको बताए ।

    नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको नाडा अटो शो २०२६ मंगलबारदेखि सुरु भएको हो । भृकुटीमण्डपमा आयोजना हुने मेला भदौ १४ गतेसम्म सञ्चालन हुनेछ ।

    ‘काठमाडौंमा अटोमोबाइल क्षेत्रको पूर्ण क्षमता प्रदर्शन गर्ने पूर्वाधार छैन’

    कार्यक्रममा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले काठमाडौंमा पर्याप्त भौतिक पूर्वाधारको अभावका कारण अटोमोबाइल क्षेत्रको पूर्ण क्षमता प्रदर्शन गर्न नसकिएको बताए ।

    भृकुटीमण्डपको वर्तमान संरचनाले ट्रक, बस तथा हेभी इक्विपमेन्ट प्रदर्शन गर्न पर्याप्त स्थान नदिएको उल्लेख गर्दै उनले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

    अध्यक्ष उप्रेतीले सवारी साधनलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन गर्नुपर्ने बताए । उनले सवारी साधन अब विलासिताको वस्तु मात्र नभई नागरिकको आवागमन, व्यवसाय र रोजगारीसँग जोडिएको आधारभूत आवश्यकता बनिसकेको बताए ।

    उनका अनुसार अटोमोबाइल क्षेत्रले १० लाखभन्दा बढीलाई रोजगारी दिएको छ भने वार्षिक ९० अर्ब रुपैयाँभन्दा बढी राजस्वमा योगदान गर्दै आएको छ । आर्थिक गतिविधिलाई चलायमान बनाउन पनि यो क्षेत्र महत्वपूर्ण रहेको उनले बताए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कृष्णभीर सडक अवरुद्ध भएपछि बाइरोडबाट इन्धन र ग्यास आपूर्ति निरन्तर

    काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) हुँदै काठमाडौं उपत्यका तथा आसपासका

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    Techie IT