Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २२ बिहीबार

    अपडेट
    गृहपृष्ठ ∕ समाचार ∕ नागरिकलाई सहजरुपमा सेवा दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह

    नागरिकलाई सहजरुपमा सेवा दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह


    ललितपुर/ १८ असोज : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीलाई निर्देशन दिनुभएको छ । प्रतिष्ठानको आज निरीक्षण गर्दै मन्त्री पौडेलले अन्य सरकारी अस्पतालको तुलनामा प्रतिष्ठानको सेवा अझ उदाहरणीय बनाउनुपर्नेमा जोड दिनुभयो । “यहाँको सेवा तुलनात्मक रुपमा राम्रो छ, यसलाई अझ राम्रो बनाउन जरुरी छ”, उहाँले भन्नुभयो । प्रतिष्ठानले अनलाइन सेवा थालेकामा प्रशंसा गर्दै मन्त्री पौडेलले कुर्नुपर्ने समय अझ घटाएर बिरामीलाई सहज सेवा दिन आग्रह गर्नुभयो । “अनलाइन सेवा अझ प्रभावकारी बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

    अस्पतालको अवस्थाबारे जानकारी लिन आएको उल्लेख गर्दै मन्त्री पौडेलले सेवा प्रभावकारी बनाउनका लागि सघाउन मन्त्रालय तयार रहेको बताउनुभयो । निरीक्षणका क्रममा मन्त्री पौडेललाई प्रतिष्ठानका उपकुलपति प्रा डा राजेशनाथ गंगोलले स्वागत गर्नुभएको थियो । आफ्नै स्रोत साधनमा धेरै बिरामीलाई सेवा प्रदान गर्नुपरेको उल्लख गर्दै उहाँले अस्पतालको नयाँ भवन निर्माणका लागि सहयोग गर्न मन्त्री पौडेल समक्ष आग्रह गर्नुभयो । सो अवसरमा मन्त्री पौडेलले अस्पतालको नयाँ भवन निर्माणका लागि पहल गर्ने आश्वासन दिनुभयो । मन्त्री पौडेलले विपद्का क्रममा घाइते भएका बिरामीको उपचारबारे जानकारी लिँदै सरकारले घोषणा गरिएअनुसार नै निःशुल्क सेवा दिएकामा अस्पताललाई धन्यवाद दिनुभयो । प्रतिष्ठानका रजिष्टार डा पारसकुमार आचार्यले सेवाको गुणस्तर बढाउन मन्त्रालयको निर्देशनअनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द

    कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार बिहान लेदोसहितको

    बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते…

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको बडादसैँका लागि घटस्थापनादेखि विजयादशमी (टीका) सम्मको आधिकारिक साइत र धार्मिक समय

    “साइबर सुरक्षा र प्रविधि बलियो बनाएर अनलाइन मतदानतर्फ अघि बढ्छौँ”…

    काठमाडौँ — निर्वाचन आयोगले नेपालमा अनलाइन मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगबारे सम्भाव्यता अध्ययन र प्राविधिक प्रदर्शन कार्यक्रम

    दसैँ, तिहार र छठका लागि असोज २३ गतेदेखि सार्वजनिक यातायातको…

    काठमाडौँ — सरकारले आसन्न दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आगामी असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    Techie IT