नवनिर्वाचित सांसदका लागि रास्वपाको अभिमुखीकरणमा मोबाइल निषेध
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। रास्वपाले मंगलबार र बुधबार दुई दिन अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्न लागेको हो।
चैत ३ र ४ गते प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसदरूलाई गरिने अभिमुखीकरण कार्यक्रममा मोबाइल फोन निषेध गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छ । कार्यक्रम ललितपुरको ग्वार्कोस्थित एक होटलमा हुने छ ।निर्देशनअनुसार कार्यक्रम हलभित्र मोबाइल फोन प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ । कार्यक्रम अवधिभर सांसदहरूले मोबाइल साथमा लैजान नपाउने व्यवस्था गरिएको छ ।
त्यस्तै, कार्यक्रम स्थलमा परिवारका सदस्य, साथी वा अन्य पाहुनालाई ल्याउन नपाइने पनि स्पष्ट गरिएको छ । पार्टीले कार्यक्रम भइरहेको होटल परिसरमा अन्य व्यक्तिलाई नबोलाउन सांसदहरूलाई निर्देशन दिएको छ ।पार्टीका अनुसार अभिमुखीकरण कार्यक्रममार्फत नयाँ सांसदहरूलाई संसदीय अभ्यास, दलको नीति तथा संसद्मा काम गर्ने प्रक्रियाबारे जानकारी दिने तयारी गरिएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- २ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ३ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ४ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ५ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ६ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित
- ७ एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै

तपाईको प्रतिक्रिया दिनुहोस