नयाँ प्रणालीसँगै लाइसेन्स सेवामा राष्ट्रिय परिचयपत्र, मोबाइल र इमेल अनिवार्य
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लगायत यातायातसम्बन्धी सेवाहरूलाई थप व्यवस्थित बनाउन नयाँ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको छ ।
२०८३ साउन १ गतेदेखि लागू भएको नयाँ प्रणालीमार्फत लाइसेन्सको नयाँ आवेदन फारम भर्न तथा विवरण अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्र, सेवाग्राहीकै नाममा दर्ता भएको मोबाइल नम्बर र इमेल अनिवार्य गरिएको छ ।
नयाँ प्रणाली कार्यान्वयन तथा सर्भर अपग्रेडका क्रममा सिस्टम डाउन भएपछि साउन १ गतेदेखि करिब तीन सातासम्म देशभरका यातायात कार्यालयबाट प्रदान हुँदै आएका यातायातसम्बन्धी सेवा प्रभावित भएका थिए ।
हाल भने नयाँ प्रणाली सञ्चालनमा आइसकेको र यातायातसम्बन्धी सेवाहरू पुनः नियमित रूपमा सञ्चालन भइरहेको यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले जानकारी दिएका छन् ।
विभागका अनुसार नयाँ प्रणालीमार्फत सेवाग्राहीको विवरणलाई थप व्यवस्थित र सुरक्षित बनाउँदै यातायातसम्बन्धी सेवा प्रवाहलाई सहज बनाउने लक्ष्य राखिएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ हिमतालको बढ्दो जोखिम : पूर्वतयारीको आवश्यकता
- २ रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ
- ३ भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८
- ४ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ५ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- ६ नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ : उपराष्ट्रपति यादव
- ७ नयाँ ढंगले जान सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छुः प्रधानमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस