Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २५ आईतवार

    अपडेट
    गृहपृष्ठ ∕ राजनीति ∕ नदी किनाराका जग्गासम्बन्धी समस्या समाधानका लागि पहल गर्न सर्वदलीय आग्रह

    नदी किनाराका जग्गासम्बन्धी समस्या समाधानका लागि पहल गर्न सर्वदलीय आग्रह


    काठमाडौं, २० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्या सम्बन्धी पार्टीको धारणा केन्द्रीय समितिको बैठकपछि तय गर्ने तय गर्ने बताउनुभएको छ ।
    नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्या समधानका लागि पहलको आग्रहसहित भेटघाटका लागि आएको सर्वदलीय प्रतिनिधिमण्डलसँग कुरा गर्दै उहाँले यो निर्णय कार्यान्वयनमा समस्या देखिएकाले सरकार अदालतमा भ्याकेटमा जाँदा ठिकै हुने उल्लेख गर्दै यसबारे पार्टीको धारणा बैठकपछि नै तय हुने बताउनुभएको हो ।
    सर्वदलीय भेटमा सहभागीहरुले नदी किनाराका जग्गा छाड्नुपर्ने अदालतको फैसलापछि काठमाडौंमा ठूलो समस्या सुरु भएको बताएका थिए । अदालतको आदेशअनुसार काठमाडौंको नदी, खोला र राजकुलो समेत दायाँबायाँ २०/२० मिटर छाड्नुपर्दा दशौं हजार घरपरिवार बिस्थापित हुने र पशुपति नाथ मन्दिर पनि सार्नुपर्ने अवस्था आउने बताए ।
    काठमाडौं महानगरपालिका प्रमुखले कार्यान्वयन गर्ने एकल निर्णय गरेपछि थप समस्या आएको भन्दै उनीहरुले यो फैसला कार्यान्वयन भएमा आर्थिक रूपमा अराजकता पैदा हुने बताए । आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर भ्याकेटमा जान सुझाव दिएको र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरिसकेको जानकारी गराउँदै प्रतिनिधिमण्डलका सदस्यहरुले प्रमुख प्रतिपक्ष दलका नेता र पार्टी अध्यक्षको रुपमा प्रचण्डलाई भेट्न आएको बताएका थिए । प्रतिनिधिमण्डलमा नेकपा एमालेका नेता राजन भट्टराई, काठमाडौं महानगरपालिकामा पूर्वप्रमुख विद्यासुन्दर शाक्यलगायतको सहभागिता रहेको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    पढ्न चाहने बालबालिकाका लागि मेरो सहयोग निरन्तर रहनेछ – मोहन…

    सिन्धुपाल्चोक,गाउँगाउँका सामुदायिक विद्यालयमा शुद्ध पिउने पानीका लागि ‘वाटर डिस्पेन्सर’, सबै विद्यार्थीका लागि एउटै पोसाक र हातहातमा शैक्षिक सामग्री सुन्दा कुनै

    नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित, ९३.८८ प्रतिशत मतसहित खड्गीमाथि…

    काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी बहुमतका साथ विजयी भएका छन्।

    नेपाली श्रमिकलाई ठूलो राहत: मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट…

    काठमाडौँ — मलेसियामा कार्यरत नेपाली राष्ट्रियताका श्रमिकहरूका लागि खुसीको खबर छ। मलेसिया सरकारले आगामी वर्ष २०२७ को बजेट सार्वजनिक गर्दै

    नेपालमै फाइभ-जी सेवा सुरु गर्ने सरकारको तयारी, श्रम होइन प्रविधि…

    काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन गर्ने लक्ष्यसहित सरकारले यसै वर्ष फाइभ–जी

    दसैँको अग्रिम टिकट बुकिङ आजदेखि खुला: टिकट लिन बिहीबार राति…

    काठमाडौँ — महान् चाड दसैँमा घर जाने यात्रुहरूका लागि सरकारले आज (शुक्रबार) देखि लामो तथा मध्यम दूरीका सवारीसाधनको अग्रिम टिकट

    कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द

    कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार बिहान लेदोसहितको

    Techie IT