Techie IT
  • The Film Nepal
  • २०८३ असार ४ बिहीबार

    अपडेट
    गृहपृष्ठसमाचारनगर प्रमुख तामाङद्वारा प्राकृतिक प्रकोपपछिको पुनर्निर्माणका लागि संघीय र प्रदेश सरकारको ध्यानाकर्षण

    नगर प्रमुख तामाङद्वारा प्राकृतिक प्रकोपपछिको पुनर्निर्माणका लागि संघीय र प्रदेश सरकारको ध्यानाकर्षण


    काठमाडौँ । मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले प्राकृतिक प्रकोपबाट क्षति पुगेको सार्वजनिक संरचनाहरुको पुनर्निर्माणका लागि संघीय र प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

    जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद व्यवस्थापन समितिद्वारा आइतबार मेलम्चीमा आयोजित बहुप्रकोपमा आधारित पूर्व सूचना प्रणाली तथा विपद् जोखिम न्युनिकरण सम्बन्धि नीतिगत छलफल तथा आगामी योजनाका विषयमा अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै नगर प्रमुख तामाङले संघ र प्रदेश सरकारको समन्वय र सहयोगको अभावमा मनसुन जन्य विपदबाट क्षति पुगेका सार्वजनिक तथा व्यक्तिगत संरचनाहरुको पुनर्निर्माणमा कठिनाई भएको बताएका हुन् ।

    कार्यक्रममा पूर्व मन्त्री एवम माननीय सांसद मोहनबहादुर बस्नेत, माननीय सांसद माधव सापकोटा, बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय सुरज कृष्ण लामिछाने, पूर्व मन्त्री माननीय सांसद युवराज दुलाल, प्रदेश सांसदहरु माननीय कृष्ण कुमार तामाङ , माननीय सरल सहयात्री पौडेल, माननीय माइली लामा, माननीय कुमारी तामाङ , जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठ , स्थानीय तहका प्रमुख र अध्यक्ष , उपप्रमुख र उपाध्यक्ष , सुरक्षा निकायका प्रमुखहरु एवम सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता थियो ।

    सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चले सहजीकरण गरेको कार्यक्रम प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री वाङ्ग यीको निमन्त्रणामा

    देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो,…

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ

    नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय…

    काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनद्वारा विभिन्न समयमा गरिएका उपकरण, प्रविधि तथा सेवा खरिद

    प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले…

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न

    परराष्ट्रमन्त्री खनाल र सीपीपीसीसी अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता

    काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नेसनल कमिटी अफ द पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी)

    राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

    काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। आयोगको टोलीले मंगलबार

    Techie IT