Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २४ बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारनगद सहित जुगाडे प्रकाउ

    नगद सहित जुगाडे प्रकाउ


    ललितपुर, कार्तिक २ । ललितपुरको महालक्ष्मी नगरपालिका–१ रातामकै चोकस्थित स्वाद रेस्टुरेन्टमा जुवातास चलिरहेको अवस्थामा प्रहरीले छापा मारी नगद आठ लाखभन्दा बढी सहित १० जनालाई नियन्त्रणमा लिएको छ।
    प्रहरी वृत्त सातदोबाटोका अनुसार शनिबार दिउँसो करिब ४ बजे जिल्ला प्रहरी कार्यालय ललितपुरअन्तर्गत वृत्त सातदोबाटोबाट प्रहरी नायब निरीक्षक (प्र.ना.उ.) पूर्णिमा चन्दको कमाण्डमा खटिएको १५ जनाको टोलीले उक्त रेस्टुरेन्टको तेस्रो तलामा जुवातास खेलिरहेको अवस्थामा छापा मारेको थियो।
    छापामारीका क्रममा खोलेको ३ बुक तास, नखोलेको ५ बुक तास र नगद आठ लाख पचहत्तर हजार एक सय बरामद गरिएको उ पत्यका प्रहरीआयुक्त कार्यालयले जानकारी दिएको छ।पक्राउ परेकामध्ये रेस्टुरेन्ट सञ्चालक जिवन थापा (४८), जो काठमाडौं चन्द्रागिरी नगरपालिका–१३ घर भई हाल महालक्ष्मी–४ स्वस्तिक टोलमा बस्दै आएका छन्, सहित अन्य नौ जना छन्।
    पक्राउ पर्नेहरू : १. जिवन थापा (४८), काठमाडौं चन्द्रागिरी–१३, हाल स्वस्तिक टोल, ललितपुर २. दिपेश ऐर (३५), कैलाली घोडाघोडी–१, हाल टिकाथली ३. राकेश खड्का (४९), ललितपुर लुभु लामाटार ४. मनोज बानिया (५५), भक्तपुर सूर्यविनायक–१ ५. समिर सुनार (४२), नुवाकोट विदुर–३, हाल इमाडोल ६. पदम साउद (४२), डोटी दिपायल सिलगढी ७. सूर्य लामा (४२), काभ्रे पाँचखाल–११, हाल महालक्ष्मी–१ ८. रोजिन ठकुरी (४४), काठमाडौं महानगर–३२ ९. संजय खत्री (४२), ओखलढुंगा खिजिदेम्बा–४, हाल भक्तपुर दुधपाटी १०. विजय बिष्ट (३८), ललितपुर इमाडोल प्रहरीले पक्राउ परेकालाई थप अनुसन्धानका लागि वृत्त सातदोबाटोमा राखिएको जनाएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

    काठमाडौं।समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्।आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

    काँग्रेसका साँसदहरुद्धारा प्रतिनिधिसभा पुर्नस्थापनाको माग गरिएको रीट निवेदन दर्ता

    काठमाडौं।नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ।दुई दिन अघि नै पेस भएको रिटलाई

    भ्रष्टाचारविरुद्ध कठोर हुने र धम्कीबाट नडराउँने प्रधानमन्त्री कार्कीको भनाई

    काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासनका लागि पनि बनेको बताएकी छन् ।उनले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम

    एमालेको ११औं महाधिवेशनमा २ हजार ६ सय १३ जना सहभागी…

    काठमाडौं । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनका लागि  महाधिवेशनमा २ हजार ६ सय १३ जना प्रतिनिधि सहभागी हुनेछन् ।एमालेको महाधिवेशन बन्द

    कस्तो रहला आजको मौसम ?

    काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशभरको मौसम आज मुख्यतया सफा हुनेछ ।जल तथा मौसम विज्ञान

    वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन –…

    काठमाण्डौ मंसिर २२,सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

    Techie IT