नखिपाेटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
ललितपुर/ १२ पुस, नेपाली कांग्रेस ललितपुर महानगरपालिका वडा नं १४ कार्यसमितिकाे आयोजना आज शुक्रबार नखिपाेटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
सन्त नेता कृष्ण प्रसाद भट्टराईको १०१ औं जन्म जयन्ती र १०० दिने बिशेष अभियानको अवसरमा कांग्रेसकाे वडा नं.१४ कार्यसमिति निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हाे ।
प्रिसिजन डाईनोस्टिकको सहकार्यमा भएको शिविरमा नाक, कान, घाँटी, मधुमेह, प्रेसरलगायतका समस्याहरुकाे चेकजाँच गरिएकाे हाे ।
स्वास्थ्य शिविरको उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र कुमार श्रेष्ठले याे रचनात्मक काम भएको बताउनुभयो । उहाँले यस्ता कार्यहरूले नेपाली कांग्रेस मत माग्ने मात्रै हैन, जनताकाे सराेकारसंग पनि प्रत्यक्ष रुपमा जाेडिन्छ भन्ने पुष्टि गरेको बताउनुभयो । उहाँले विपदका समयमा पनि पार्टीका साथीहरूले उत्कृष्ट काम गर्नुभएको छ भन्दै याेगदानकाे प्रशंसा गर्नुभयो ।
वडा अध्यक्ष तथा पार्टीका वडा सभापति अमृतजंग महतले व्यक्तिका खराव कामका कारण पार्टीमा बितृष्णा बढ्दै गएको अवस्थामा सुधार गर्दै नागरिक, समाज र पार्टीलाई एकताबद्ध गराउने अभिप्रायले याे सामाजिक काम गरेको बताउनुभयो । उहाँले वडा तहमा पार्टीलाई सुदृढीकरण गरेर संगठन राम्रो बनाउने बताउनुभयो। शिविर बिहान ८ः०० देखि दिउँसो १:०० बजेसम्म सञ्चालन भएको थियोे ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- २ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ३ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ४ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ५ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ६ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित
- ७ नेपाल–भारतबीच विद्युत् प्रसारण क्षमता विस्तार गर्ने सहमति, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

तपाईको प्रतिक्रिया दिनुहोस