Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ राष्ट्रिय ∕ धादिङको कृष्णभिरमा लेदोसहित पहिरो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

    धादिङको कृष्णभिरमा लेदोसहित पहिरो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन


    धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ।

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार शुक्रबार बिहान करिब ५ः३० बजे बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरबाट करिब १०० मिटर अगाडि लेदोसहितको पहिरो खसेको हो। पहिरोका कारण राजमार्ग हाल एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

    त्यसैगरी, सोही गाउँपालिका–९ को ज्यामिरे क्षेत्रमा पनि पहिरो खसेको छ। लगातार वर्षा भइरहेकाले सडकमा थुप्रिएको लेदो हटाउन समस्या भइरहेको प्रहरीले जनाएको छ।

    गत भदौ १० र १४ गते आएको बाढीका कारण कृष्णभिर क्षेत्रमा सडक कटान भएपछि पृथ्वी राजमार्ग १८ दिनसम्म पूर्ण रूपमा अवरुद्ध भएको थियो। त्यसपछि नयाँ ट्र्याक निर्माण गरी असोज १ गतेदेखि सडक सञ्चालनमा ल्याइएको थियो।

    तर, निरन्तरको वर्षासँगै पहिरो खस्ने क्रम जारी रहेकाले उक्त सडकखण्डमा पुनः यातायात सेवा जोखिमपूर्ण बनेको छ। प्रहरीले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना

    काठमाडौं । हाल देशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक

    भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिका सभापति पराजुलीले लिए शपथ

    काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका नवनिर्वाचित सभापति गणेश पराजुलीले पद तथा

    ऊर्जा सुरक्षा र पूर्वाधार पुनर्निर्माणमा तत्काल ठोस कदम चाल्न सरकारलाई…

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पछिल्लो अविरल वर्षाका कारण

    महाकाली नदीमा आएको बाढीले दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडियो

    कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडिएको छ। बुधबार बिहान महाकाली नदीमा

    Techie IT