धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको धनगढीमा भव्य स्वागत भएको छ ।मंगलबार धनगढीबाट हुलाकी सडकको मार्ग हुँदै पुनर्वासस्थित डोकेबजार पार गरेर कञ्चनपुर प्रवेश गरेका हुन्।
झापा लगायतका पूर्वी जिल्लाहरुमा चुनाव प्रचारपछि सुदूरपश्चिम ओर्लिएका बालेन सोमबार बाँकेको नेपालगञ्ज, बर्दियाको बाँसगढी, मैनापोखर, गुलरिया, मधुवन र राजापुर हुँदै आज कैलाली पुगेका थिए ।
समर्थकको नाराबाजीका बीच उनी कार्यालय बाहिरै रोकिएर हात हल्लाउँदै अभिवादन गरेपछि भीड व्यवस्थापन सम्भव नदेखेपछि बालेन सिधै कञ्चनपुरतर्फ प्रस्थान गरेका छन् ।
कार्यतालिकाअनुसार उनी कञ्चनपुरको पुनर्वास हुँदै महेन्द्रनगर पुगेर त्यहाँ झलारी र महेन्द्रनगरमा आयोजित चुनावी सभामा सहभागी हुनेछन् ।
यसअघिमाघ ५ गते जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गरेर बालेन झापा पुगेका थिए । आगामी निर्वाचनमा झापा–५ बाट प्रतिष्पर्धाका लागि बालेनले उम्मेदवारी दिएका छन् । झापासहित पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा पुग्दा बालेनको क्रेज देखिएको थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- २ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ३ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ४ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ५ एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै
- ६ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित
- ७ सार्वजनिक विद्युतीय बस खरिदमा ८० प्रतिशतसम्म बैंक कर्जा पाइने

तपाईको प्रतिक्रिया दिनुहोस