Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ समाचार ∕ दोलखामा हिमपहिरोमा परि २ नेपाली सहित ७ जनाको मृत्यु, ४ बेपत्ता

    दोलखामा हिमपहिरोमा परि २ नेपाली सहित ७ जनाको मृत्यु, ४ बेपत्ता


    दोलखा। गौरीशंकर गाउँपालिका–९ स्थित रोल्वालिङ हिमश्रृंखला अन्तर्गतको यलुङ रि हिमालको बसेक्याम्पमा हिम पहिरोमा परेर ५ जना विदेशी र २ नेपाली आरोहीको मृत्यु भएको छ ।हिमपहिरोमा ४ जना बेपत्ता छन् । ४ जना घाइते छन् ।
    मृत्यु हुनेमा अमेरिकी नागरिक ३ जना, क्यानडाका १ र इटालीका १ गरी ५ जना विदेशी छन् । उनीहरुसँगै रहेका दुई जना नेपालीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।५ हजार ६ सय ३० मिटर अग्लो यलुङ रि आरोहणका लागि सोमबार बिहान ५ विदेशीसहित १० नेपाली पथप्रदर्शक त्यसतर्फ गएका थिए । बिहान करिब साढे ८ बजे आरोहणमा सहभागी सबैलाई हिमपहिरोले पुरेको हो । उनीहरु रोल्वालिङ क्षेत्रमा रहेको यलुङ रि हिमालको बेसक्याम्पनजिकै हिमपहिरोमा परेका हुन्।

    दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले सोमबार दिउँसो केहीबेर हेलिकप्टरमार्फत बेपत्ताको खोजी र घाइतेको उद्धार प्रयास भए पनि मौसम खराब हुँदा सफल नभएको बताए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना

    काठमाडौं । हाल देशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक

    भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिका सभापति पराजुलीले लिए शपथ

    काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका नवनिर्वाचित सभापति गणेश पराजुलीले पद तथा

    ऊर्जा सुरक्षा र पूर्वाधार पुनर्निर्माणमा तत्काल ठोस कदम चाल्न सरकारलाई…

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पछिल्लो अविरल वर्षाका कारण

    महाकाली नदीमा आएको बाढीले दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडियो

    कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडिएको छ। बुधबार बिहान महाकाली नदीमा

    Techie IT