Techie IT
  • The Film Nepal
  • २०८२ फाल्गुन २४ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारदेशैभरी भण्डाफोर अभियान सञ्चालन गर्नुअघि जेनजी अगुवाहरु एकीकृत हुन भोली भेला गर्दै

    देशैभरी भण्डाफोर अभियान सञ्चालन गर्नुअघि जेनजी अगुवाहरु एकीकृत हुन भोली भेला गर्दै


    काठमाडौं, २१ कात्तिक । जेनजी अगुवाहरु एकीकृत हुन भोली (शनिबार) काठमाडौंको कोटेश्वरमा विशेष भेला गर्दैछन् । तितरवितर रहेका जेनजीलाई एकजुट बनाएर जेनजी आन्दोलनलाई सफल बनाउने उदेश्यले सो भेला गर्न लागिएको हो ।

    जेनजी आन्दोलनका अगुवा एवं आन्दोलनकारी विकेश साहको नेतृत्व हुन लागेको विशेष भेलाले सातै प्रदेशमा इन्चार्ज सहितको जिम्मेवारी समेत तोक्ने बताइएको छ । जेनजी आन्दोलनलाई सार्थक बनाउन भेला गर्न लागिएको साहले जनाएका छन् ।

    अहिले अन्तरिम संविधान सहित जेनजी नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने उनले जनाएका छन् । जेनजी हत्यारा र देश लुटने भ्रष्टाचारीलाई सरकारले कारबाही गर्न असफल रहेको बताउदै उनले यसका बिरुद्धमा देशैभरी भण्डाफोर अभियान सञ्चालन गर्ने बारेमा समेत भेलामा छलफल हुने उनले जनाएका छन् ।

    निकास र विकासमा असफल सुशीला कार्की नेतृत्वको सरकार तुरुन्त विघटन गर्नुपर्ने बताउदै उनले जेनजी आन्दोलनकारीमाथिको भइरहेको धरपकड बन्द गर्नुपर्ने बताए । साथै जेनजीमाथि मुद्धा लगाउने निकम्मा गृहमन्त्री ओमप्रकाश अर्यालले तुरुन्त राजीनामा दिनुपर्ने साहले बताए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ४९ हजार भन्दा बढी मतले ओली पराजित, बालेन शाह विजयी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत झापा क्षेत्र नं ५ का उम्मेदवार

    रुपन्देही २ मा त्रिचालीस हजार मतान्तरमा रास्वपाका सुलभ विजयी

    काठमाडौँ । रुपन्देही– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल विजयी भएका छन् । उनका निकट प्रतिस्पर्धी नेकपा

    भत्कियो नेमकिपाको गढ, रास्वपाका रन्जित विजयी

    भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेमकिपाको किल्ला भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकेश रन्जित विजयी भएका छन् ।

    पर्वतमा रास्वपाका सागर भुसाल विजयी

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार सागर भुसाल ११ हजारभन्दा बढी मतान्तरसहित विजयी भएका छन्

    तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा विजयी

    काठमाडौं । तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन् ।उनले नेकपा एमालेका उम्मेदवार भानुभक्त

    भारी मतान्तरले निर्वाचित भए रास्वपाका सभापति रवि लामिछाने

    काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने निर्वाचित भएका छन् ।उनी ५४ हजार ४०२ मत ल्याएर निर्वाचित भएका हुन् ।उनका प्रतिस्पर्धी

    Techie IT