Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २२ बिहीबार

    अपडेट
    गृहपृष्ठ ∕ समाचार ∕ देशमा शान्ति सुरक्षासंगै अनुशासन कायम गराउन आवश्यक – गृहमन्त्री लेखक

    देशमा शान्ति सुरक्षासंगै अनुशासन कायम गराउन आवश्यक – गृहमन्त्री लेखक


    धनगढी/४ मंसिर, गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षासंगै अनुशासन कायम गराउन आवश्यक रहेकाे बताउनु भएकाे छ। मंगलबार सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढीमा सुरु भएकाे प्रदेश स्तरिय सुरक्षा गाेष्ठीकाे उद्घाटन गर्दै गृहमन्त्री लेखकले पहिलाे आवश्यकता शान्ति कायम गराउनु भएपनि यससंगै मर्यादित र अनुशासित पनि बन्नुपर्ने आवश्यकता रहेको बताउनुभयाे ।
    “सबैभन्दा पहिलाे आवश्यकता शान्ति कायम गराउनु हाे, तर सुरक्षासंगै अनुशासन पनि कायम गराउन जरुरी छ।” उहाँले भन्नुभयो । गृहमन्त्री लेखकले मंसिर १६ मा हुनगईरहेकाे उपनिर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउने वातावरण बनाउन पनि सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयाे । गृहमन्त्री लेखकले भन्नुभयाे- “लाेकतन्त्रकाे विकल्प लाेकतन्त्र मात्रै हाे, यसकाे रक्षा र सुदृढीकरण गर्नु हामी सबैकाे दायित्व हाे ।” उहाँले लाेकतन्त्र मर्यादित ब्यबस्था भएकाे बताउँदै लाेकतन्त्रमा अनुशासन अनिबार्य रहेकाे उल्लेख गर्नुभयाे।
    गृहमन्त्री लेखकले सीमानाकामा हुने राजस्व चुहावट, लागुओैषध नियन्त्रण, आत्महत्या, विपद, सवारी दुर्घटना जस्ता बिषयमा गम्भीर भएर काम गर्न निर्देशन दिनुभयाे । उहाँले सुरक्षा अधिकारीहरुलाई निर्देशन दिदै भन्नुभयाे – “तपाईहरुले काम गरिराख्नु भएकाे छ तर यत्तिले पुग्दैन थप क्रियासिलता र सकृयता भएर काम गर्नुस, सबै समस्या समाधान हुन्छन ।” उहाँले सुरक्षा गाेष्ठी ओैपचारिकतामा मात्र सीमित नभई सुदूरपश्चिम प्रदेशकाे शान्ति सुरक्षा, अपराध नियन्त्रण, सडक दुर्घटना लगायतका बिषयमा गम्भीर समीक्षा गरि आगामी याेजना बनाउने बताउनुभयाे ।
    गृह सचिव गाेकर्णमणी दुवाडीकाे अध्यक्षतामा सुरु भएकाे सुरक्षा गाेष्ठीमा नेपाल प्रहरीका प्रमुख वसन्त कुवँर, शसस्त्र प्रहरी प्रमुख राजु अर्याल,राष्ट्रिय अनुसन्धान बिभाग प्रमुख लगायत सुदूरपश्चिमका सुरक्षा निकाय प्रमुख, नाै वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख लगायतकाे सहभागीता रहेकाे छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द

    कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार बिहान लेदोसहितको

    बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते…

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको बडादसैँका लागि घटस्थापनादेखि विजयादशमी (टीका) सम्मको आधिकारिक साइत र धार्मिक समय

    “साइबर सुरक्षा र प्रविधि बलियो बनाएर अनलाइन मतदानतर्फ अघि बढ्छौँ”…

    काठमाडौँ — निर्वाचन आयोगले नेपालमा अनलाइन मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगबारे सम्भाव्यता अध्ययन र प्राविधिक प्रदर्शन कार्यक्रम

    दसैँ, तिहार र छठका लागि असोज २३ गतेदेखि सार्वजनिक यातायातको…

    काठमाडौँ — सरकारले आसन्न दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आगामी असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    Techie IT