Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र १९ शुक्रबार

    अपडेट
    गृहपृष्ठराजनीतिदेशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी

    देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी


    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाइएको बताएका छन्।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले ग्रामीण तथा दुर्गम क्षेत्रमा दूरसञ्चार र इन्टरनेट सेवाको गुणस्तर कमजोर रहेको गुनासो व्यापक रूपमा आउने गरेको उल्लेख गर्दै त्यसको समाधानका लागि मन्त्रालयले विशेष प्राथमिकताका साथ काम गरिरहेको बताए।

    उनका अनुसार आगामी आर्थिक वर्षमा दूरसञ्चार सेवा विस्तार र स्तरोन्नतिका लागि नेपाल टेलिकममार्फत मन्त्रालयको बजेटभन्दा बढी रकम लगानी गरिनेछ। ग्रामीण क्षेत्रमा सेवा विस्तार तथा गुणस्तर सुधारका लागि मात्रै नेपाल टेलिकमले ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने तयारी गरेको उनले जानकारी दिए।

    हाल देशभर चार हजार ८२९ दूरसञ्चार साइट सञ्चालनमा रहेका छन्। प्रदेशगत रूपमा कोशीमा ७६०, मधेशमा ५६८, बागमतीमा एक हजार २७७, गण्डकीमा ५९९, लुम्बिनीमा ८१९, कर्णालीमा ३०५ र सुदूरपश्चिममा ५०१ साइट सञ्चालनमा छन्।

    नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको अध्ययनअनुसार सेवा पहुँच र गुणस्तर सुधारका लागि थप एक हजार ४४३ नयाँ साइट आवश्यक रहेको पहिचान गरिएको छ। प्रदेशगत रूपमा कोशीमा २५७, मधेशमा २२८, बागमतीमा ३८९, गण्डकीमा ७६, लुम्बिनीमा २००, कर्णालीमा १२१ र सुदूरपश्चिममा १७२ नयाँ साइट आवश्यक देखिएको छ।

    मन्त्री तिमिल्सिनाले आवश्यकताभन्दा बढी पूर्वाधार निर्माणलाई लक्ष्य गर्दै करिब १६ सय साइटका लागि खरिद प्रक्रिया अघि बढाउन लागिएको बताए। उनले दूरसञ्चार उपकरणका अधिकांश सामग्री विदेशबाट आयात गर्नुपर्ने भएकाले निर्माणमा केही समय लाग्न सक्ने भए पनि मन्त्रालयले सम्बन्धित सेवा प्रदायक संस्थासँग नियमित समन्वय गर्दै समयमै काम सम्पन्न गर्न निर्देशन दिएको जानकारी दिए।

    सरकार नागरिकका दूरसञ्चार सेवा सम्बन्धी गुनासाप्रति संवेदनशील रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले गुणस्तरीय सञ्चार सेवा सुनिश्चित गर्न तीव्र गतिमा काम भइरहेको बताए।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    श्रद्धा–भक्तिपूर्वक मनाइँदै श्रीकृष्ण जन्माष्टमी

    काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको

    कृष्णभीर अवरुद्ध : बाइरोडबाट काठमाडौंमा दैनिक २४ हजार ५ सय…

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्ड अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) को वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं

    भोटेकोशी बाढीको क्षति र उद्धारबारे कूटनीतिक समुदायलाई जानकारी

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको अवस्था, सरकारको खोज तथा उद्धार प्रयास, विदेशी नागरिकको अवस्था

    भोटेकोशी बाढी : मृतकको संख्या १ हजार २५२ पुग्यो, ४…

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १ हजार २५२ जनाको शव फेला

    Techie IT