Techie IT
  • The Film Nepal
  • २०८२ पुष ३० बुधबार

    गृहपृष्ठअर्थतन्त्रदेशभर मोबाइल ब्यवसायीको आन्दोलन

    देशभर मोबाइल ब्यवसायीको आन्दोलन


    काठमाडौं/ भदौ २६, मोबाइल ब्यवसायी महासंघले आजबाट देशभर सामसुङ नेपालका मोबाइल फोनको भिजिबिलिटी बन्द गर्ने घोषणा गरेको छ।
    ब्यवसायीले उठाएको मुद्दालाई बेवास्ता गरेको र कार्यक्रम नै बिथोलिन पुगेको भन्दै ब्यवसायीहरुको छाता संगठन महासंघले सामसुङ नेपालका विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। सुदुरपश्चिमको धनगढीमा गत भाद्र २० गते सामसुङ नेपालले सुदुरपश्चिम प्रदेशका नौ जिल्लाका मोबाइल ब्यवसायीका लागि लक्षित गर्दै आयोजना गरेको रिटेल मीट कार्यक्रममा ब्यवसायीहरुले मार्जिनको बिषय उठाउँदा कार्यक्रम नै भाडिएको थियो। सो कार्यक्रम ब्यवसायीहरुले बहिष्कार नै गरेका थिए।

    नेपाल मोबाइल ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले महासंघ केन्द्रले उठाएको बिषय प्रदेश संरचनाबाट उठ्नु स्वभाविक भएको र उठेका मुद्दालाई समन्वय गर्नु पर्नेमा कार्यक्रम आयोजकले त्यसलाई सम्बोधन गर्न नसक्नु दु:खद भएको बताए।
    `ब्यवसाय सम्बन्धि कुनै पनि बिषय कार्यक्रमका शिलशिलामा उठ्छन, मार्जिनको बिषय त केन्द्रको चासोको बिषय नै थियो,त्यो स्वभाविक पनि हो, कार्यक्रममा उठेका बिषयलाई सामसुङ नेपालले सम्बोधन गर्नु पर्नेमा वातावरण झन बिथोल्ने अवस्था बन्यो, यो सुखद होइन,´ महासंघका केन्द्रीय अध्यक्ष भट्टराईले भने।

    महासंघले सोही बिषयलाई लिएर आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। जस अनुसार आज र भोलि देशभर सामसुङ ब्राण्डका मोबाइलको भिजिबिलिटी(मोबाइल डिस्प्ले) पसलबाट हटाउने र यो दुई दिनमा पनि कम्पनीमार्फत वार्ता र सहमतिको वातावरण नबनाइए थप दुई दिन (२८ र २९ भाद्र) कम्पनीका ब्यवसायीक प्रतिनिधि (प्रमोटर) लाई फिर्ता पठाउने निर्णय भएको अध्यक्ष भट्टराईले जानकारी दिए ।
    महासंघका उपाध्यक्ष रमेश घिमिरेले महासंघले उठाएको बिषयलाई सम्बोधन गरेर वातावरण सहज बनाउने दिशामा कम्पनीले चासो नदिए पहिलो चरणको दवाबमुलक कार्यक्रम पछि थप कार्यक्रम घोषणा गरिने बताए।
    धनगढीमा आयोजित रिटेल मीटमा ब्यवसायीहरुले मोबाइल बिक्री गर्दा प्राप्त गर्ने मार्जिन बढाउन आग्रह गरेका थिए। तर सामसुङ नेपालका प्रतिनिधिहरुले भने सो बिषयका लागि कार्यक्रम आयोजना नगरिएको भन्दै ब्यवसायीहरुलाई जुन कार्यक्रमका लागि बोलाइएको त्यो बाहेक अन्य बिषयमा छलफल नै नहुने जवाफ दिएका थिए। महासंघका सुदुरपश्चिम अध्यक्ष सुरेश सापकोटाले आयोजकले ब्यवसायीहरुलाई अपमानित व्यवहार गरेकाले त्यसपछी ब्यवसायीहरु कार्यक्रम नै बहिष्कार गरेर हिडेको बताएका थिए।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कांग्रेसको विशेष महाधिवेशनमा उमेदवारी दर्ता आज

    काठमाडौं।कांग्रेसको विशेष महाधिवेशन पुस २७ देखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ । नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत उमदेवारी मनोनयन आज हुने भएको

    आज आंशिक बदलीदेखि हुस्सु र कुहिरोसम्म लाग्ने सम्भावना

    काठमाडौं।तराईका क्षेत्रमा आज बिहानैदेखि हुस्सु र कुहिरो लागिरहेको छ । जल तथा मौसम विज्ञान विभागले घाम लागेपछि दिउँसो हुस्सु र

    काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज

    राष्ट्रिय युवा गैरसरकारी संस्था महासङ्घ नेपालको १३औँ वार्षिक साधारणसभा तथा…

    ललितपुर — राष्ट्रिय युवा गैरसरकारी संस्था महासङ्घ नेपालको १३औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन ललितपुरमा सम्पन्न भएको छ। अधिवेशनले प्रविणकुमार

    सुशीला र ओमप्रकाशहरूले चुनाव गराउन केपी ओली र रमेश लेखकको…

    जनकपुर, २९ पुष । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी

    आजपा र जन अधिकार पार्टी बीच पार्टी एकीकरण

    वीरगंज, २९ पुस । आम जनता पार्टी (आजपा) र जन अधिकार पार्टी नेपाल बीच पार्टी एकता भएको छ । जन

    Techie IT