Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २८ बिहीबार

    अपडेट
    गृहपृष्ठसमाचारदेशभर मनसुन सक्रिय: आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना

    देशभर मनसुन सक्रिय: आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना


    काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही माथि तथा पूर्वी क्षेत्रमा नेपालको तराई भू-भाग नजिक अवस्थित छ।

    हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका अधिकांश स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

    यस्तै, मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

    आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

    रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा धेरै स्थान तथा अन्य हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थान, लुम्बिनीका केही स्थान, कर्णालीका पहाडी क्षेत्र तथा सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।

    महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै, यी तीन प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान तथा नदी–नालामा आकस्मिक बहाव बढ्न सक्ने जोखिमप्रति सतर्क रहन महाशाखाले आग्रह गरेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना…

    रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। नेपाली कांग्रेसले

    अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    काठमाडौं । विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने

    Techie IT