देशभक्त नागरिक मञ्चले गर्यो चिनियाँ दूतावास र संयुक्त राष्ट्रसंघलाई जनस्तरबाट बुझाईएको अपिलपत्र सार्वजनिक
काठमाडौं । देशभक्त नागरिक मञ्चले नेपालको सार्वभौम भूमि लिम्पियाधुरा, लिपुलेकमाथिको अतिक्रमणलाई रोक्नको लागि चिनियाँ दूतावास र संयुक्त राष्ट्रसंघलाई जनस्तरबाट बुझाईएको अपिलपत्र सार्वजनिक गरेको छ ।शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मञ्चले हराएको नेपाल राष्ट्र खोज्न र लुकाईएको नेपाल राष्ट्र खोस्न उठ्नको लागि अपिल गर्दै चिनियाँ दूतावासमा नागरिकको सुझावसहित पत्र बुझाईएको जानकारी गराएको हो ।
मञ्चले चीनलाई नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि रहेको कुरालाई स्थापित गर्नको लागि सहयोग गर्न समेत आग्रह गरेको छ ।
मञ्चका संयोजक गोविन्द बोहोराको हस्ताक्षरमा चिनियाँ दूतावास र युएनको लागि पत्राचार गरिएको हो ।
कार्यक्रममा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले राजनीतिक दलहरुले गर्नुपर्ने काम नागरिक मञ्चले गरेको भन्दै सुगौली सन्धिले कालीपूर्व र काली पश्चिम भनेको स्मरण गराए ।उनले राणा प्रधानमन्त्रीहरु सिमांकनको विषयमा गम्भीर रहेको कुरा जंगबहादुरले पहिला सिमांकनको अडान लिनुले प्रष्ट पारेको पनि बताए ।केसीले चीनतर्फ १४ सय किलोमिटर र भारतर्फ १८१८ किलोमिटर रहेको तथ्यांक पेश गरे । उनले चीनसँग सिमा विवाद नभएको जिकिर गरे । उनले चीनतर्फ नेपालको सिमा विवाद नगन्य मात्रामा रहेको बताए ।पत्रकार सम्मेलनमा डा. विजय मिश्र, दुर्गाप्रसाद पौडेल, रामप्रसाद मैनाली, दिलिप थापामगरले पनि आफ्नो धारणा राखेका थिए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बालेनले बुझाए चुनावमा १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण
- २ गल्ती गर्नेलाई कारबाहीको सिफारीस गरिएको छ : आयोग
- ३ आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
- ४ राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथ
- ५ प्रधानन्यायाधीशको निम्ति ६ न्यायाधीशहरुको नाम संवैधानिक परिषदमा
- ६ पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्षओलीलाई पितृ शोक
- ७ सुनसरी-१ मा हर्कराज साम्पाङ विजयी

तपाईको प्रतिक्रिया दिनुहोस