Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ३ आईतवार

    अपडेट
    गृहपृष्ठराजनीतिदेशको नेतृत्व असल नहुँदा हामीले लुम्बिनीलगायत देशकै नेचुरल ब्यूटीलाई बेच्न सकेनौं : प्रभु साह

    देशको नेतृत्व असल नहुँदा हामीले लुम्बिनीलगायत देशकै नेचुरल ब्यूटीलाई बेच्न सकेनौं : प्रभु साह


    बुटवल, १३ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालले आफ्नो देशको नेचुरल ब्यूटीलाई बेच्न नसकेको टिप्पणी गरेका छन् । देशको नेतृत्वमा पुगेकाहरुसँग सही भिजन नहुँदा नेपाल प्राकृतिक रूपमा धनी हुँदाहुँदैपनि पछि परेको उनको भनाई छ ।

    आज (मंगलबार) बुटवलमा आजपाको सम्पन्न लुम्बिनी प्रदेश स्तरीय निर्वाचन परिचालन कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीको बृहत्तर एकीकृत विकासको लागि पनि गम्भीर पहल नपुगेको गुनासो पोखे । लुम्बिनीको गौरवलाई बढाउनेगरि आगामी दिनमा काम गरिनुपर्ने उनको मत छ ।

    लुम्बिनीको ऐतिहासिक महत्व र शान्त वातावरणले विश्वभरका पर्यटकलाई यहाँ आकर्षित गराउने भएको हुँदा वर्षमा कम्तिमा पचास लाख पर्यटकले भ्रमण गर्नेगरि योजना तथा काम हुनुपर्ने पनि साहको भनाई छ ।

    आजपा अध्यक्ष भने,‘धार्मिक र सांस्कृतिक दृष्टिकोणबाट महत्वपूर्ण लुम्बिनी नेपाल आउने धेरै पर्यटकको रोजाइमा पर्ने गरेको छ, तर हामीले यसलाई अझै राम्रो बनाउन सक्नुपर्छ, सरकार, सरोकारवाला निकाय, स्थानीय सरकार सबैको समन्वयमा लुम्बिनीको बृहत्तर विकासमा ध्यान दिनुपर्छ ।’

    गौतम बुद्धको नाममा स्थापित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा नै भ्रष्टाचार भएको समाचारले विश्वभरि नेपालको प्रतिष्ठामा आँच आएको भन्दै साहले भ्रष्टाचारीहरुलाई पाता कस्नुपर्ने बताए । उनले देशको नाम र गौरवलाई विश्वमा चिनाएका भगवान गौतम बुद्धको नाममा विमास्थल खोलेर अरबौं भ्रष्टाचार भएपछि देशको ईज्जत के भएको होला ? भनेर अनुमान गर्न पनि सो क्षेत्रका जनतालाई अपिल गरे ।

    सो क्रममा उनले अहिलेको चुनावमा सही र गलत पार्टी छुट्याउन पनि अपिल गरे ।

    साहले भने,‘अहिले लडाईं जनताको पक्षमा हुनेहरु एकातिर, जनतालाई लेखेट्नेहरु अर्कोतिर देखिएको छ, सबै पूराना खराब भनिँदैछ, अनि सबै नयाँ राम्रो भनिँदैछ, जनताले आफ्नो सही निर्णय गर्ने बेला आएको छ ।’

    उनले बालेन शाहलाई अनाडी (केही पनि नजान्ने) र रवि लामिछानेलाई ठगको संज्ञा दिए । नयाँ र विकल्प दिन्छु भनेर आएकाहरु नयाँ नै नभएको उनको आरोप छ । उनले भने,‘उनीहरु नयाँ नै होईनन्, बालेन शाह काठमाडौंको मेयर भईसकेका छन्, रवि लामिछाने त पटक पटक सरकारमा पुगेर सत्ताको स्वाद चाखिसकेको व्यक्ति हो, यिनीहरु नयाँको नाममा जनता झुक्याउन आएका नक्कली मान्छे हुन् ।’

    उनले रवि र बालेनलाई हिन्दी फिल्मको ‘रङ नम्बर’ को पनि संज्ञा दिए । उनीहरु जनतालाई झुक्याउन र ढाँट्नको लागि राजनीतिमा आएको साहको आरोप छ । उनले भदौ २३ गतेको जेन–जी आन्दोलन सुशीला कार्कीहरुले अपहरण (हाईज्याक) गरेको भन्दै उनीहरुले देशप्रति गम्भीर नभएको आरोप लगाए । सुशीला सरकार नै रास्वपाले बनाएको उनको दाबी छ । निर्दलीय भनेको सरकारमा बसेकाहरुले धमाधम मन्त्रीबाट राजीनामा दिएर चुनावमा भाग लिनु भनेको जेनजी आन्दोलनको मर्म र भावनामाथि प्रहार गर्नु भएको साहको आरोप छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT