Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २९ शुक्रबार

    अपडेट
    गृहपृष्ठसमाचारदेशकै जेठो वीर अस्पताल १२९ औं वर्षमा, यो वर्ष ४ लाख बिरामीको उपचार

    देशकै जेठो वीर अस्पताल १२९ औं वर्षमा, यो वर्ष ४ लाख बिरामीको उपचार


    काठमाडौँ– नेपालको सबैभन्दा पुरानो वीर अस्पतालले आफ्नो  १३६औं वार्षिकोत्सव मनाएको छ । १३६ औं औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अस्पतालले सोमबार  वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो । विसं १९४७ साउन १२ गते श्री ३ वीर शमशेरको पहलमा स्थापित वीर अस्पताल  स्थापनाका समयमा १५ सैयाबाट सुरु भएको अस्पताल अहिले एक हजार बढी सैयामार्फत सेवामा छ।

    स्पतालको उद्घाटन कार्यक्रममा वीरशम्शेरले भनेका थिए, ‘काठमाडौंका रानीपोखरीनिर हस्पिटल खोलिएको छ। औषधि नहुँदा रैतीले साह्रै दुःख पाउँदा रहेछन्, त्यसैले अस्पतालको स्थापना गरेको हुँ। रैती दुनियाँको एक पैसा खर्च नभै औषधि गर्न पाउने छन्।’

    जनताको लागि अस्पताल बनाउन भन्दै एक जना मानन्धर थरका दातासँग वीर शम्शेरले ४८ रोपनी जग्गा मागी अस्पताल बनाएका हुन्।

    अस्पतालबाट प्राप्त तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा अस्पतालबाट कुल ६ लाख ४७ हजार २१५ जनाले बहिरंग सेवा लिएका छन। यो अनलाइनबाट सेवा लिएका नयाँ तथा पुराना बिरामीहरुको समेत तथ्यांक हो।

    पछिल्लो समय वीर अस्पतालको टिकट काउन्टरलाई डिजिटलाइज गराइएको छ भने रिफर भएर आउने बिरामीको लागि छुट्टै विशेषज्ञ टिकटको व्यवस्था पनि गरिएको छ । दुईवटा सिटीस्क्यान मेसिन जडान भइसकेको छ । त्यस्तै एमआरआई सेवा सञ्चालनमा आएको छ । एबीजी सेवा, इमर्जेन्सीमा अत्याधुनिक मेसिन जडान भएको स्थापना दिवसका अवसरमा अस्पतालले जनाएको छ ।

    अहिले जाइकाले वीर अस्पतालको नयाँ भवन बनाइदिएको छ। त्यस्तै ५०० शैय्याको नयाँ भवन संचालनमा आइसकेको छ। वीरमा सबैभन्दा पुरानो भनेको एउटा मात्रै पहेंलो भवन छ, जुन ६० वर्ष पुरानो हो।

    वीर अस्पतालमा हाल करिव एक हजार शय्या क्षमताको भएको छ। भने झन्नै दुई हजार कर्मचारी कार्यरत रहेका छन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो

    काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।

    सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना…

    रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

    Techie IT