Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ समाचार ∕ देवीघाटमा नेपाली सेनाले पाँच दिनमै जडान गर्‍यो एक्रो ब्रिज

    देवीघाटमा नेपाली सेनाले पाँच दिनमै जडान गर्‍यो एक्रो ब्रिज


    काठमाडौं ।  नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल बगेपछि यातायात सम्पर्कविहीन बनेको क्षेत्रमा सेनाले वैकल्पिक पुल निर्माण गरेको हो।

    नेपाली सेनाको टोलीले निरन्तर खटिएर पाँच दिनमा एक्रो ब्रिज जडानको काम पूरा गरेको जनाएको छ। पक्की पुल बगेसँगै देवीघाट हुँदै नुवाकोटसहित आसपासका विभिन्न क्षेत्रमा हुने यातायात प्रभावित भएको थियो।

    एक्रो ब्रिज जडान सम्पन्न भएसँगै भोलिदेखि पैदलयात्रीका लागि आवतजावत खुला गर्ने तयारी गरिएको छ। यस्तै, पर्सिदेखि सवारीसाधनसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

    बाढीले देवीघाटको पक्की पुल बगाएपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई आवतजावतमा समस्या हुँदै आएको थियो। पुल नहुँदा दैनिक उपभोग्य वस्तुको ढुवानीदेखि सर्वसाधारणको नियमित आवागमनसमेत प्रभावित बनेको थियो।

    बाढीपछि यातायात सम्पर्क सहज बनाउन नेपाली सेनाले तत्काल एक्रो ब्रिज जडानको काम अघि बढाएको थियो। सेनाको टोलीले दिनरात निरन्तर काम गरेपछि छोटो समयमै पुल निर्माण सम्पन्न भएको हो।

    पुल सञ्चालनमा आएसँगै बाढीका कारण प्रभावित देवीघाट क्षेत्रको यातायात सेवा क्रमशः सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ। पुल सञ्चालनले स्थानीयवासी, व्यवसायी तथा यात्रुलाई आवतजावतमा ठूलो राहत पुग्ने भएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना

    काठमाडौं । हाल देशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक

    भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिका सभापति पराजुलीले लिए शपथ

    काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका नवनिर्वाचित सभापति गणेश पराजुलीले पद तथा

    ऊर्जा सुरक्षा र पूर्वाधार पुनर्निर्माणमा तत्काल ठोस कदम चाल्न सरकारलाई…

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पछिल्लो अविरल वर्षाका कारण

    महाकाली नदीमा आएको बाढीले दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडियो

    कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडिएको छ। बुधबार बिहान महाकाली नदीमा

    Techie IT