Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २५ सोमबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियदेउसी भैलोमा मौलिकताको खोजी

    देउसी भैलोमा मौलिकताको खोजी


    काठमाडौँ/ १७ कात्तिक : नेपालीको दोस्रो ठूलो पर्व तिहारलाई उज्यालोको पर्वका रुपमा लिइन्छ । यो पर्वले नेपाली मौलिक परम्पराको अर्को परिचय पनि दिएको छ । त्यो भनेको देउसी भैलो खेल्नु ।
    देउसी भैलोको आफ्नै विशेषता छ । त्यसको आफ्नै लय छ । एउटाले भट्याउने र अरु सहभागीले देउसी रे वा भैलो भन्ने गर्छन् । तर पछिल्ला दिनमा देखासिकी बढ्दै गएको छ । चर्को स्वरमा गीत बजाएर ध्वनी प्रदुषण नै हुने गरी युवाले सस्कृतिको नाममा विकृति फैलाइरहेको गुनासो व्याप्त छ ।
    आधुनिकताको नाममा देउसी भैलो गाउने तरिका बदलिएको छ । खासगरी देउसी पुरुष र भैलो महिलाले खेल्ने परम्परा भए पनि शहरी क्षेत्रमा त्यो विशेषता समेत हराएको छ । विगतमा राम्रो तयारी गरेर युवा पुस्ताले देउसी भैलो खेल्थे । पहिले पहिले पुरुषले दौरा सुरुवाल र महिलाले गुन्यु चोलो लगाउँथे, देउसी भेलो खेल्थे । आर्शिवाद थाप्थे र आफ्नो गच्छे अनुसार, दक्षिणा दिन्थे । आजकल भने तोकेर नै दक्षिणा माग्ने प्रवृत्ति मौलाएको छ । देउसी भैलोबाट उठेको रकम आफुखुसी खर्च गर्ने वा सामाजिक काममा उपयोग गर्ने भन्ने बारेमा पनि फरक फरक मत छ ।
    देउसीमा मजुरा, मादल बजाउने, वरीपरी घुमेर भट्याउने प्रचलन थियो । विद्युतीय सामग्रीको प्रयोग गरेर खेल्दा परम्पराको जगेर्ना नहुने आम गुनासो रहँँदै आएको छ । नयाँ पुस्तालाई मौलिक संस्कार र पहिचानका बारेमा सचेत गराउनुपर्ने मत पनि उत्तिकै बलियो बन्दै गएको छ ।
    सास्कृतिक पक्ष कम, मनोरञ्जन बढी हुँदै जाँदा देउसी भैलोको परम्परागत महत्व समेत ओझेलमा परेको छ । स्थानीय लोकबाजाको प्रयोगमा कमी आएको छ । खासगरी पैसा संकलनको मात्रै माध्यम बनाइँदा त्यसले विकृति फैलाउन सहयोग पु¥याएको देखिन्छ । तिहारलाई पारिवारिक सम्बन्ध र संस्कारको पर्वका रुपमा लिइन्छ । यमपञ्चकका रुपमा चिनिने यो पर्व पाँच दिन मनाइन्छ । खासगरी धन दौलत वैभव र सुखसँग जोडिनेभएकाले पनि यस पर्वलाई समृद्धिको पर्वका रुपमा पनि लिइन्छ ।
    काग, कुकुर, गाई, गोरुको समेत पूजा गरिने भएकाले तिहारलाई प्रकृतिसँग एकाकार भएको पर्वका रुपमा हेरिन्छ । यस पर्वको महत्वसँगै सयपत्री, मखमली र गुर्दौली फूल, र सेल रोटी पनि सँगै जोडिएर आउँछ । आधिकारिक रुपमा केही तथ्य प्रमाण नभए पनि नेपालको मध्यकालदेखि देउसी भैलो सुरु भएको किंवदन्ती छ । जुम्लाको खस राज्य र बलीसँग यसको सांस्कृतिक पक्ष जोडिएको समेत बताइन्छ ।
    देउसी रे वा देवश्री यसलाई देवताको आर्शिवादका रुपमा लिइने सांस्कृतिक मूल्य र मान्यता छ । परम्परादेखि नै तिहारमा गाइने देउसी र भैलोले नेपाली समाजलाई उत्सवमय बनाएको छ । यसलाई उत्सव, उल्लास र उत्साहको गीतका रुपमा पनि लिइन्छ । तर, संस्कृति जगेर्नाको नाममा भइरहेको गलत क्रियाकलापलाई भने छुट दिन नहुने मत पनि उत्तिकै छ । देउसी र भैलो नेपाली समाजमा सांस्कृतिक धरोहरका रुपमा परिचित छ । ग्रामीण तथा शहरी क्षेत्रका प्रत्येक टोल टोलमा खेलिने भए पनि पछिल्ला दिनमा विकृति बढेको साहित्यकार डा घनश्याम पुडासैनी बताउनुहुन्छ ।

    “म ७२ वर्षको भए, पहिले देउसी भैलो खेल्दा मौलिक स्वरुपमा हुन्थ्यो । अहिलेको समयमा मौलिक परम्परालाई छाडेर शिष्टताभन्दा आधुनिकता केन्द्रीत छ । मौलिकता हराएको छ”, उहाँले भन्नुभयो । अहिलेको युवा पुस्तामा तिहारमा देउसी भैलोभन्दा आधुनिक गीततिर केन्द्रीत भएर हिँडेको देखिएको उहाँको भनाइ छ ।
    लेखक देवेन्द्र अर्यालले पहिलेको देउसी भैलो संस्कृति, मूल्य तथा मान्यतासहितको हुने गरे पनि पछिल्ला दिनमा आधुनिकताको नाममा विकृति बढ्दै गएको बताउनुभयो । “देउसी भैलोको आफ्नै लयको गीत हुन्छ । वेषभूषा पनि त्यस्तै हुन्थ्यो । तर पछिल्ला दिनमा मोबाइल, स्पिकर बजाउने चलन मौलाएको छ । आधुनिक भनिएका गीत सङ्गीतमा केन्द्रीत भएको छ”, उहाँले भन्नुभयो ।
    सम्पदा संरक्षणमा लाग्दै आउनु भएका टोखाका मनिराज डङ्गोल पनि देउसी र भैलोको नेपाली मौलिकता हराउँदै गएकामा चिन्ता व्यक्त गर्नुहुन्छ । “पहिलाको देउसी भैलो घर घरमा गई मौलिक रुपमा खेलिन्थ्यो । अहिले मौलिकभन्दा भद्दा बढी हुन थालेको छ”, उहाँले भन्नुभयो ।
    यमपञ्चकको कथामा भट्याएर खेलिने देउसी भैलो आजकल रेकर्ड गरिएको गीत बजाउने मात्रै गरिँदा मौलिकपन हराउँदै गएको छ । नेपाली, कला, संस्कृति र परम्परासँग जोडिएको यस पर्वलाई विकृति र विसङ्गतिमुक्त बनाउँदै भावि पुस्तालाई समेत जानकारी गराउनु आवश्यक छ । सांस्कृतिक अतिक्रमण बढ्दै गएको सन्दर्भमा तिहार र यससँग जोडिएको मौलिकतालाई विस्तार गर्नु जरुरी छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। रास्वपाका सहमहामन्त्री

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

    कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत अवस्थामा फेला परेका छन्। गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका सिंहको शव

    आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम

    काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    Techie IT