Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठराजनीतिदेउवाले भने– गगन नेतृत्वको विशेष महाधिवेशन मान्यता छैन, अदालतको निर्णय मान्छु

    देउवाले भने– गगन नेतृत्वको विशेष महाधिवेशन मान्यता छैन, अदालतको निर्णय मान्छु


    काठमाडौं । नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आफूले मान्यता नदिएको बताएका छन् । कांग्रेसको इतरपक्षको राष्ट्रिय भेलाको बन्द सत्रमा बोल्दै देउवाले पार्टीको सहमतिबिना जबरजस्ती विशेष महाधिवेशन गरिएको दाबी गरे ।

    विशेष महाधिवेशनविरुद्ध आफूहरूले अदालतमा मुद्दा दायर गरेको उल्लेख गर्दै देउवाले अदालतको पूर्ण निर्णय आउन बाँकी रहेकाले यसबारे अहिले धेरै टिप्पणी नगर्ने बताए । उनले अदालतप्रति आफूलाई पूर्ण विश्वास रहेको र अदालतको निर्णय स्वीकार गर्ने स्पष्ट पारे ।

    देउवाले पार्टीको सहमतिबिना विशेष महाधिवेशन नगर्न आफूले आग्रह गरे पनि त्यसलाई बेवास्ता गर्दै महाधिवेशन गरिएको आरोप लगाए । उनका अनुसार विशेष महाधिवेशनमा धेरै कांग्रेस नेताकार्यकर्तालाई बाहिर राखिएको थियो ।

    ‘मैले त्यो अधिवेशनलाई मानेको पनि थिइनँ । सबैलाई पार्टीको सहमतिमा विशेष महाधिवेशन गर्न भनेको थिएँ । भन्दा भन्दै जबरजस्ती विशेष महाधिवेशन गरियो र धेरै साथीहरूलाई बाहिर राखियो,’ देउवाले भने, ‘त्यसकै विरुद्धमा हामी अदालत गएका हौँ ।’

    उनले न्यायालयले विगतदेखि नै नेपाली कांग्रेसलाई न्याय दिँदै आएको दाबी गर्दै आफूलाई पनि अदालतप्रति पूर्ण विश्वास रहेको बताए । विशेष महाधिवेशनसम्बन्धी मुद्दामा पूर्ण फैसला आउन बाँकी रहेकाले अहिले नै थप टिप्पणी गर्न आवश्यक नरहेको उनको भनाइ थियो ।

    ‘म व्यक्तिगत रूपमा हिन्दु हुँ’

    बन्द सत्रमा देउवाले धर्मका विषयमा पनि आफ्नो धारणा राखेका छन् । आफू व्यक्तिगत रूपमा हिन्दु भएको उल्लेख गर्दै उनले नेपालमा सबै धर्म मान्ने नागरिकलाई धार्मिक स्वतन्त्रता हुनुपर्ने बताए ।

    ‘म हिन्दु हुँ । मेरो व्रतबन्ध हिन्दु संस्कारअनुसार भएको हो । जनै पनि हालेको छु । बिहे मैले गुह्येश्वरीमा हिन्दु रीतिरिवाजअनुसार गरेको हुँ । म व्यक्तिगत रूपमा पूरा हिन्दु हुँ,’ देउवाले भने ।

    नेपालको धार्मिक तथा राजनीतिक स्वरूपबारे निर्णय गर्ने अधिकार नेपाली जनतामै रहेको उनको भनाइ थियो । कुनै पनि नागरिकलाई आफ्नो धर्म मान्नबाट वञ्चित गर्न नहुने उनले बताए ।

    ‘नेपाल के हुने, के नहुने भन्ने कुरा नेपाली जनताको हातमा छ । तर हिन्दुलाई हिन्दु हुन पाउँदैन भन्नचाहिँ पाइँदैन । म हिन्दु हुँ । त्यसकारण पशुपति पनि जान्छु, पशुपतिनाथको पूजा गर्छु,’ उनले भने ।

    देउवाले आफू बुद्ध धर्मप्रति पनि सम्मान र सद्भाव राख्ने बताए । बुद्धको जन्मभूमि नेपाल भएकाले बुद्ध धर्मप्रति आफ्नो विशेष सम्मान रहेको संकेत गर्दै उनले बुद्धिजमलाई विश्वले स्वीकार गरेको र वैज्ञानिक धर्मका रूपमा समेत चर्चा हुने गरेको बताए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कृष्णभीर सडक अवरुद्ध भएपछि बाइरोडबाट इन्धन र ग्यास आपूर्ति निरन्तर

    काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) हुँदै काठमाडौं उपत्यका तथा आसपासका

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    Techie IT