दुई समितिको बैठक बस्दै, नीति समीक्षा र वित्तीय अनुशासनमा केन्द्रित छलफल
काठमाडौं — आज प्रतिनिधिसभाअन्तर्गत दुई वटा संसदीय समितिको बैठक बस्ने भएका छन्।
कानुन, न्याय तथा मानव अधिकार समिति र सार्वजनिक लेखा समितिको बैठक आज छुट्टाछुट्टै कार्यसूचीसहित बस्ने तय भएको हो।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १२:३० बजे बस्नेछ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी कार्ययोजनाबारे छलफल हुने छ।
त्यसैगरी, समितिद्वारा होल्डिङ सेन्टरमा गरिएको स्थलगत अनुगमन प्रतिवेदनमाथि पनि छलफल गरिनेछ।
यता, सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु उच्च रहेका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरूसँग बेरुजु न्यूनीकरणसम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते बिहान १०:२६ बजे टीकाको उत्तम साइत
- २ नेपाली कांग्रेस १५औँ महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान हुदै
- ३ कांग्रेस निर्वाचन अपडेट: राष्ट्रिय सभागृह, खुलामञ्च र तीनवटा हलमा भोटिङ, मोबाइल लैजान निषेध
- ४ सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
- ५ नेपाली श्रमिकलाई ठूलो राहत: मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुग्यो, मासिक कमाइ साढे ७५ हजार हुने
- ६ विदेशी मुद्राको विनिमय दर सार्वजनिक: कुवेती दिनार सबैभन्दा महँगो, डलरको बिक्रीदर १५५ रुपैयाँ पार
- ७ नेप्सेमा ६.३८ अंकको गिरावट, सूचक घट्दा पनि कारोबार रकम भने ३ अर्ब ७४ करोड माथि

तपाईको प्रतिक्रिया दिनुहोस