Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २९ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारदुई महिनाभित्र बज्रबाराही अस्पतालमा सुधार गर्न मन्त्री थापाको निर्देशन

    दुई महिनाभित्र बज्रबाराही अस्पतालमा सुधार गर्न मन्त्री थापाको निर्देशन


    गाेदावरी/ २२ भदौ: बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले शुक्रबार गोदावरी नगरपालिका–११ स्थित बज्रबाराही अस्पताल अनुगमन अस्पतालमा देखिएका कमीकमजोरी दुई महिनाभित्र सुधार गर्न निर्देशन दिनुभएको छ ।
    प्रदेश माताहातमा रहेकाे जिल्ला अस्पतालकाे १५ शैयासहितकाे बज्रबाराही अस्पतालमा सेवग्राहीहरुबाट गुनासो आएपछि अनुगमन गरिएको मन्त्री थापामगरले जानकारी गराउनुभयाे ।
    “अनुगमनका क्रममा आकस्मिक उपचार कक्षमा जाने बाटाेमा समस्या रहेकाे, कर्मचारी अस्पतालमा समयमा आउने नगरेको, कार्यालय समयमा कर्मचारीहरु अस्पतालमा नबस्ने गरेकाे, ल्याब र स्टाेरहरु व्यस्थित नभएको, अस्पतालमा ताेकिए अनुसारकाे ओैषधि नराखिएको पाइयाे, कर्मचारीहरु पनि उपस्थित नभएको पाइयाे । जिम्मेवारीमा रहेका डाक्टरहरु पनि समयमा आउने नगरेकाे पाइयाे, अस्पताल व्यवस्था पक्षले अनुगमनमा भेटिएका त्रुटि <span;>दुई महिनाभित्र सुधार्ने प्रतिवद्धता जनाउनुभएकाे छ ।  प्रतिवद्धता अनुसार दुई महिनाभित्र सुधार गरि सेवालाई प्रभावकारी बनाउने काम कार्यान्वयन भएन भने कारवाही हुने जानकारी गराएका छाैं।” उहाँले भन्नुभयो ।

    अनुगमनका क्रममा मन्त्री थापामगरले दाेहाेर्याएर अनुगमन गर्दा वा सेवा ग्राहीबाट गुनासो आएमा गैरजिम्मेवार डाक्टर तथा कर्मचारीलाई तत्कालै कारवाहीमा जाने जानकारी गराएकाे बताउनुभयो ।
    ओैषधि भण्डारण कक्षकाे अनुगमनका क्रममा युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले याे ओैषधि राख्ने स्टाेर हाे कि फाेहाेर डम्पिङ साइड हाे भन्दै प्रश्न गर्नुभएको थियाे ।

    केही हप्ता अगाडि मात्रै उपचारका लागि उक्त अस्पतालमा जानुभएका काेञ्ज्याेसाेम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले अस्पताल प्रशासनले सेवाग्राहीकाे सुविधालाई बेवास्ता गरेकाे बताउनुभयो । बज्रबाराही अस्पतालले उपचारमा पनि सहजीकरण नगरेको, नि:शुल्क पाउनुपर्ने ओैषधि उपलब्ध नगराएकाे ओैषधि खरिद गर्दा पनि म्याद सकिन दुई महिना मात्रै बाँकी रहेका ओैषधि खरिद गरि खेर फाल्ने गरेकाे लगायतका गुनासाे सेवाग्राहीहरुले गर्दै आउनुभएको छ । अनुगमनका लागि शुक्रबार विहान १० बजे अस्पतालमा पुगेको टाेलीले करिब ३ घण्टा लगाएर अस्पतालकाे अनुगमन गरी सुधारका लागि निर्देशन दिएकाे मन्त्रालयका प्रवक्ता डाक्टर खगेश्वर गेलालले जानकारी दिनुभयो । 




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    काठमाडौंमा ग्यास सहज रूपमा बिक्री गर्न प्रशासनको निर्देशन

    काठमाडौं । काठमाडौंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेपछि जिल्ला प्रशासन

    रसुवा बाढी प्रभावित १५ स्थानीय तहका परिवारलाई मासिक १५ हजारसम्म…

    काठमाडौँ ।  रसुवा बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहका प्रभावित

    आज दर खाएर सुरु हुँदैछ हरितालिका तीज

    काठमाडौं । हिन्दू नारीहरूको प्रमुख पर्व हरितालिका (तीज) आज दर खाएसँगै औपचारिक रूपमा सुरु हुँदैछ। भाद्र शुक्ल द्वितीयाका दिन आज

    जलवायु परिवर्तन, हिमतालको जोखिम र उठाउनु पर्ने आवाज

    शोभाखर भण्डारी नेपाल विश्वका ती देशहरूमध्ये एक हो, जसले जलवायु परिवर्तनको समस्या सिर्जना गर्न अत्यन्त न्यून योगदान दिएको छ, तर

    त्रिशूलीमा पुल बगेपछि ह्युम पाइप राखेर अस्थायी आवतजावत सञ्चालन गरिने

    नुवाकोट । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुल बगाएपछि त्रिशूली बजार क्षेत्रमा नदी वारपार गर्न भइरहेको समस्या तत्काल समाधान

    बाढीपछिको खोज तथा उद्धारबारे प्रधानमन्त्री शाह र न्युजील्यान्डका प्रधानमन्त्रीबीच टेलिफोन…

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच भोटेकोशी बाढीपछिको अवस्थाबारे टेलिफोन वार्ता भएको छ। वार्तामा प्रधानमन्त्री शाहले

    Techie IT