Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ राजनीति ∕ दुई महाधिवेशन रोक्दै कांग्रेसमा समझदारी खोज्न शेखर कोइरालाको आग्रह

    दुई महाधिवेशन रोक्दै कांग्रेसमा समझदारी खोज्न शेखर कोइरालाको आग्रह


    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि संस्थापन र इतर पक्षले अघि बढाउन लागेका दुवै महाधिवेशन रोक्दै समझदारीको बाटो रोज्न आग्रह गरेका छन् ।

    बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा कोइरालाले कांग्रेसको आन्तरिक विभाजनका कारण आसन्न दुई महाधिवेशनले नेपालको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा समेत आघात पुग्न सक्ने बताएका छन् ।

    उनले पार्टीभित्रको विवाद अन्त्य गर्न मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोज्नुपर्नेमा जोड दिएका छन् । ‘एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौं,’ उनले भनेका छन् ।

    कोइरालाले आफूले विगतमा पनि पार्टी एकताका लागि यस्तै प्रयास गरेको र अहिले पनि सोही दिशामा सक्रिय रहने बताएका छन् । उनका अनुसार मध्यमार्ग कठिन भए पनि आफूले त्यसलाई सत्य र कांग्रेसको मूल जीवनदर्शनसँग जोडेर हेरेका छन् ।

    ‘मलाई थाहा छ, मध्यमार्ग कठिन मार्ग हो । मलाई यो पनि थाहा छ, यही मार्ग सत्यको बाटो हो । यही मार्ग कांग्रेसको मार्ग हो र यही मार्ग कांग्रेसको जीवन दर्शन हो,’ उनले भनेका छन् ।

    पार्टीभित्र आफू आरोपित भइरहेको उल्लेख गर्दै कोइरालाले कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्न चाहने आफू एक राजनीतिक कार्यकर्ता रहेको बताएका छन् ।

    उनले कांग्रेसभित्रको विभाजनलाई अन्त्य गर्दै सहमति, सहकार्य र एकताको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक: इन्जिनियरिङ सेवा नियमावली संशोधन, नर्वेको अनुदान…

    काठमाडौँ — सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ५ वटा निर्णयहरू सार्वजनिक गरेको छ। सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    पार्टीभित्रको ‘विशेष राजनीतिक निर्णय’ ले महाधिवेशन तालिका प्रभावित: गगन थापा

    काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा आइपरेका प्राकृतिक विपत् र पार्टीभित्र बृहत्तर एकता कायम गर्ने प्रयासका कारण महाधिवेशनको

    १२ वर्षदेखि अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज गरिने

    काठमाडौं । १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी

    रास्वपाले बनायो स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट समिति, देशव्यापी…

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट समिति गठन गर्नुका साथै संगठन विस्तार

    जलवायु कूटनीति प्रभावकारी बनाउन घरेलु तयारी मजबुत बनाउनुपर्छ : परराष्ट्रमन्त्री…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन घरेलु तहमा जलवायु जोखिम न्यूनीकरण, पूर्वाधार विकास र विपद् व्यवस्थापनका

    Techie IT