Techie IT
  • The Film Nepal
  • २०८२ चैत्र ३ मंगलवार

    अपडेट
    गृहपृष्ठराजनीतिदुई दलको सम्झौता अनुसार सरकारले काम गर्न सकेन- डा. कोइराला

    दुई दलको सम्झौता अनुसार सरकारले काम गर्न सकेन- डा. कोइराला


    काठमाडौँ/ १० कात्तिक, नेपाली कांग्रेसका बरिष्ठ नेता डा शेखर कोइरालाले दुई दलको सम्झौता अनुसार सरकारले राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासन दिन नसकेको टिप्पणी गर्नुभएको छ ।
    नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३२ ले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्तब्य राख्नुहुँदै उहाँले संसदका ठूला दल कांग्रेस–एमालेबीचको सत्ता सहकार्य अनुसार सरकारले काम गर्न नसकेको बताउनुभएको हो।
    ‘‘मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासन दिन सकिन्छ भनेर दुई तिहाईको सरकार गठन भएको तर, ती विषयले गति लिन सकेनन् । प्रधानमन्त्री आफै डराउँदै सरकार ढल्दैन भन्दै हुनुहुन्छ । सरकार संसदबाट ढल्ने हो, कुनै विदेशीले ढाल्ने होइन् । प्रधानमन्त्रीले नै यस्तो कुरा गरेर जनतालाई भुलभुलैयामा पारेका कारण सुशासन, आर्थिक विकास, स्थिरताता हुन नसक्ने संकेत देखिएको छ ।’’ उहाँले भन्नुभयो ।
    डा. कोइरालाले सरकारका काम कारबाहीप्रति असन्तुष्टि जनाउनुभयो । सरकारले कुलमान घिसिङसँग विद्युत बक्यौताको प्रकरणमा फरक ढंगले प्रस्तुत भएको भन्दै सरकारले भनेजस्तै विद्युत बक्यौता नउठाए देश कसरी चल्छ ? भन्दै प्रश्न गर्नुभयो। सरकारलाई सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले समर्थन गरेकाले प्रधानमन्त्री ओलीले अहिले नै यस्तो अभिव्यक्ति दिन नहुने कांग्रेसका बरिष्ठ नेता डा. कोइरालाले बताउनुभयो ।


    त्यस्तै उपसभामुख इन्दिर राना मगरको केही कमजोरी भएपनि हटाउन नहुने उहाँको भनाई छ । अहिले जनताका पक्षमा राम्रोसँग काम गर्नुपर्ने सरकारले दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउने प्रयासमा रहेकोप्रति समेत टिप्पणी गर्दै नेता कोइरालाले भन्नुभयो, ‘‘यतीबेला जनताका पक्षमा राम्रासँग काम गर्नुपर्ने सरकार संसद नचलेका बेला दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउने प्रयासमा छ । यो हाम्रा लागि चिन्ताको विषय हो,र सरकारलाई यस विषयमा सचेत गरिरहनुपर्नेछ ।’’
    यो सरकार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भएको सम्झौताअनुसार पुरै चार वर्ष चलोस भन्ने कांग्रेसको चाहाना रहेको उहाँको भनाई छ । कांग्रेसको प्रमुख प्रतिष्पर्धा एमालेसंगै हुने भएकाले सरकारमा सहकार्य र पार्टी राजनीतिमा प्रतिष्पर्धासँगै गर्नुपर्ने बताउनुभयो । ‘‘सरकारमा भएका साथीहरुले सहकार्य गर्ने र बाहिर भएका कांग्रेसले प्रतिष्पर्धाकै भूमिका खेल्नुपर्छ । एमालेजस्तो संगठित पार्टीसँग प्रतिष्पर्धा गर्नुपर्ने भएकाले कांग्रेसले त्यो रणानीति अपनाँनै पर्छ’’, उहाँले भन्नुभयो ।

    नेता डा कोइरालाले आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्ने बताउनुभयो । आगामी निर्वाचनमा सबै दलले एक्लै प्रतिस्पर्धा गर्ने घोषणा गरेकाले आफ्नो पार्टी पनि कुनै दलसँग तालमेल नगरी चुनावमा जान सक्षम छ भन्नुभयो । निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न आजैदेखि तयारी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले संगठन निर्माणमा खटिने व्यक्ति नै पार्टीको नेतृत्वमा स्थापित हुन सक्ने बताउनुभयो ।  ‘‘खट्ने नेताहरु नै पार्टी नेतृत्वमा आएको ईतिहास छ । हिजो किसुनजी, गणेशमान हुँदाहुँदै गिरिजाप्रसाद कोइरालाले देशव्यापी सांगठन निर्माण अभियानमा हिडेकै कारण नेतृत्वमा आउन सफल हुनुभएको थियो । अहिले बरिष्ठ नेता डा. शेखर कोइरालालको देशदौडाहा र राजनीतिक खटाई ठिक छ । राजनीतिमा कुटनीति आवश्यक छ त्यो पनि डा.सापसँग छ ।’’ उहाँले भन्नुभयो ।

    बस्नेतले पार्टीको आगामी १५ औं महाधिवेशनमा योग्य र सक्ष्ँम नेतृत्व छान्नु पर्ने अवस्था रहेको बताउनुभयो । ‘‘म फेरि शेरबहादुर देउवा नै सभापति लड्ने हुँदा उहाँ कै पक्षमा उभिने थिएँ तर कांग्रेसको विधानअनुसार वर्तमान सभापति शेरबहादुर देउवा फेरि सभापति नलड्ने भएपछि अर्को योग्य र सक्षम नेता छान्नुपर्ने हुन्छ, त्यो मैलेपनि गर्छु ।’’,उहाँले भन्नुभयो ।

    पार्टी सञ्चालन गर्न सांगठनिक र कुटनीतिक नेतृत्व चाहिने भन्दै उहाँले त्यो क्षमता नेता कोइरालासँग रहेको बताउनुभएको छ । पार्टीका बरिष्ठ नेता कोइरालाको उपस्थितिमा भएको यो कार्यक्रमले काठमाण्डौं क्षेत्र नम्बर २ को पार्टीपङ्तिमा रक्तसञ्चार हुने उहाँले प्रष्ट पार्नुभयो ।
    पार्टीका केही नेताहरुको काँचोपन र हल्लाका भरमा पार्टी राजनीतिक राम्रोसँग चल्न नसक्ने उहाँको दाबी छ । पार्टी अनुसाशनको परिधिमा रहेर नागरिकका समस्यासँग जुध्ज सक्नुपर्ने नेतृत्व आवश्यक भएको भन्दै उहाँले पार्टीमा केही हल्लाबाजहरु पनि भएकाले त्यस्ता व्यक्तिहरुलाई साइजमा राखेर अघि बढ्न कोइरालालाई सुझाव समेत दिनुभएको छ। आगामी चुनावी गठबन्धन गरेर जाने वा एक्लै जाने भन्ने विषय अहिले बहसमा ल्याउन आवश्यक नभएको पनि उहाँले बताउनु भएको छ । चुनावी गठबन्धन भनेको त्यसै बेलाको अवस्था र आवश्यकता अनुसार गर्नुपर्ने बस्नेतको भनाई छ ।  बस्नेतले पार्टीलाई एकताबद्ध नबनाएसम्म एक्लै निर्वाचनमा स्पर्धा गर्न कठिन हुने विचार व्यक्त गर्नुभयो । विगतका निर्वाचनबाट पार्टीले पाठक सिक्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नवनिर्वाचित सांसदका लागि रास्वपाको अभिमुखीकरणमा मोबाइल निषेध

    काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। रास्वपाले मंगलबार र बुधबार

    कांग्रेसका पूर्वसांसद चालिसेलाई धरौटीमा छोड्न आदेश

    काठमाडौं | विशेष अदालतले नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । गैरकानुनी सम्पत्ति

    चट्याङ र असिनासहित वर्षाको सम्भावना कहाँ कहाँ छ?

    काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।सोमबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली

    श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

     काठमाडौं |  श्रम संस्कृति पार्टीले ४ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । धरानमा आज बसेको पार्टीको केन्द्रीय समिति

    एमाले अध्यक्ष ओली भेट्न गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

    काठमाडौं, १ चैत्र । प्रधानमन्त्री सुशीला कार्कीले एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादप्रति समबेदना प्रकट गरेकी छिन् । पितृ

    साम्पाङको दलबाट सिफारिस भए समानुपातिक सांसद

    काठमाडौंँ | श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सांसद छानेको छ । राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीले समानुपातिकमा ३

    Techie IT