काठमाडौं/ २७ कात्तिक, ज्यान मार्ने उद्योगमा दोषी ठहर भई मंगलबार बिहान पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन्।
मंगलबार मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो। लगत्तै अदालतले उनलाई केन्द्रीय कारागार पठाएको हो।
मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो। उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो। सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ३ इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो
- ४ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ५ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
- ६ नेप्सेमा सामान्य गिरावट, ४ अंक घट्दा कारोबार ४ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी
- ७ राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

तपाईको प्रतिक्रिया दिनुहोस