Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ३ आईतवार

    अपडेट
    गृहपृष्ठविश्वदिल्ली जाँदै गरेको विमान झारखण्डमा दुर्घटना, सबैको मृत्यु

    दिल्ली जाँदै गरेको विमान झारखण्डमा दुर्घटना, सबैको मृत्यु


    काठमाडौं।भारतको झारखण्डमा विमान दुर्घटना भएको छ।सोमबार बेलुकी राँचीबाट बिरामी लिएर दिल्ली उडेको एयर एम्बुलेन्स झारखण्डको चतरामा दुर्घटना भएको हो।चतरा जिल्लाकी उपआयुक्त कीर्तिश्रीका अनुसार दिल्लीको रेडबर्ड एयरवेज प्रालिद्वारा सञ्चालित बीचक्राफ्ट सी ९० (भिटी-एजेभी) विमान दुर्घटना भएको हो।विमानमा एक बिरामी, उनका सहयोगी, एक चिकित्सक, दुई सहयोगी तथा दुई क्याप्टेन सवार थिए।  दुर्घटनामा सातै जनाको मृत्यु भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।

    भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार विमान साँझ ७ बजेर ११ मिनेटमा राँचीको बिरसा मुण्डा विमानस्थलबाट उडेको थियो।कोलकाता एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क स्थापित गरेपछि मौसमका कारण मार्ग परिवर्तन (डिभिएसन) को अनुरोध गरिएको थियो। तर साँझ ७ बजेर ३४ मिनेटमा वाराणसीबाट करिब १०० नटिकल माइल दक्षिण–पूर्व क्षेत्रमा पुग्दा कोलकातासँगको सञ्चार र रडार सम्पर्क एकाएक विच्छेद भएको थियो।

    कोलकातासँग सम्पर्क टुटेपछि विमान वाराणसी वा लखनउ एयर ट्राफिक कन्ट्रोलसँग पनि सम्पर्कमा आएको थिएन। वाराणसी रडार रिप्ले परीक्षण गर्दा अन्तिम रडार सम्पर्क साँझ ७ बजेर २२ मिनेटमा देखिएको बताइएको छ।
    मृत्यु हुनेमा ४१ वर्षीय सञ्जय कुमार रहेका छन्। हिन्दुस्तान टाइम्सका अनुसार आगलागीको घटनामा उनको शरीर ६३ प्रतिशत जलेर गम्भीर घाइते भएका थिए। उनलाई थप उपचारका लागि एयर एम्बुलेन्समा दिल्ली लगिँदै थियो।

    सञ्जयसँग उनका सहयोगी विकास गुप्ता पनि विमानमा सवार थिए। चिकित्सक सचिन कुमार मिश्र र उनका दुई सहयोगी अर्चना देवी र धुरु कुमार विमानमा थिए। दुई क्याप्टेनहरू विवेक विकास भगत र सवराजदीप सिंह गरी सातै जनाको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विश्वकपको सबैभन्दा सुन्दर कथा : केप भर्डे

    काठमाडौं । शनिबार बिहान केप भर्डेले डेब्यू विश्वकपमा पहिलो हार ब्यहोर्दा स्टेडियममा धेरैका आँशु थामिएनन् । हो फुटबल निर्मम छ ।

    इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो

    काठमाडौँ । इरानले विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक होर्मुज जलमार्ग (स्ट्रेट अफ होर्मुज) सबै प्रकारका जहाजहरूको आवतजावतका लागि अर्को

    फिलिपिन्समा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

    काठमाडौँ ।  फिलिपिन्समा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ। अमेरिकाको भूगर्भ सर्वेक्षण संस्थाका अनुसार भूकम्प जमिनको सतहबाट करिब

    भारत–नेपाल सीमा समस्या द्विपक्षीय रूपमा समाधान गर्ने भारतको स्पष्ट धारणा

    एजेन्सी ।  भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धमा कुनै पनि तेस्रो पक्षको भूमिका आवश्यक नभएको स्पष्ट पारेको छ। नियमित मिडिया ब्रिफिङमा भारतीय

    ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु

    काठमाडौँ । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ ।गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय

    सी–पुटिन भेट : चीन–रूस सम्बन्ध नयाँ उचाइमा पुगेको दाबी

    एजेन्सी । चिनियाँ राष्ट्रपति Xi Jinping र रुसी राष्ट्रपति Vladimir Putin बीच बेइजिङमा उच्चस्तरीय वार्ता सम्पन्न भएको छ। चीन भ्रमणका

    Techie IT