Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २५ सोमबार

    अपडेट
    गृहपृष्ठप्रदेशबाग्मतीदसैँ र तिहारका सामान अझै नाकामा अलपन्त्र

    दसैँ र तिहारका सामान अझै नाकामा अलपन्त्र


    सिन्धुपाल्चोक/१ मंसिर,दसैँ, तिहार र जाडोयामका लागि नेपाली व्यापारीले काठमाडौँ ल्याउन लागेका सामान अझै चिनियाँ क्षेत्रमै अड्किएका छन् । अड्किएका सामानमा फलफूल र जाडो मौसमका लत्ताकपडा छन् । असोज १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोले चिनियाँ क्षेत्र र तातोपानी क्षेत्रका सडक अवरुद्ध हुँदा ती सामान रोकिएको दुई महिना बित्न लागिसकेको छ । सामान खासा र केरुङको गोदाममै थन्किएपछि व्यापारी व्यवसायी चिन्तित भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले बताउनुभयो ।

    फलफूल कुहिने र लत्ताकपडा र रेडिमेड सामानको फेसन आउट हुने अवस्था भएपछि ती सामान छिटो काठमाडौँ ल्याउने वातावरण तयार पार्न व्यापारी व्यवसायीले सरकारसँग माग गरेका छन् । खासाको चिनियाँ अध्यागमन कार्यालयले एक घण्टामा एउटा कन्टेनर जाँच गरेर छाड्ने गरेको छ । त्यसकारण खासातर्फ १५० भन्दा बढी कन्टेनर लाइनमा रहेका छन् । फलफूलका ३० भन्दा बढी कन्टेनर र दुई हजारभन्दा बढी लत्ताकपडाका कन्टेनर केरुङ गोदाममा अड्किएर बसेका छन् ।

    खासामा सडक निर्माण र सहर पुनर्निर्माणलाई देखाएर तातोपानी भित्रिन लागेका कन्टेनर महिनौँसम्म सोही क्षेत्रको सडक किनारामा रहेका छन् । पार्किङ भाडा, चालक, सहचालकलाई खाने, बस्ने व्यवस्थालगायतका कारण लागत बढ्दै आएको छ । केरुङमा रहेको कोल्डस्टोर गोदाम भरपर्दो नभएकाले फलफूल कुहिने अवस्थामा छ ।

    कुहिन र सिजन आउट हुन नदिन केही व्यापारीले बढी भाडा तिरेर भए पनि सामान काठमाडौँ लैजाने तयारी गरिरहेका छन् । यसको मार उपभोक्तालाई पर्ने देखिन्छ ।

    खासा, ल्हासा क्षेत्रमा पनि सामान ढुवानी गर्ने ट्रान्सपोर्ट कम्पनीले भाडा बढाउने भएका छन् । महिना दिनभन्दा बढी पालो कुरेर बस्नु पर्दा खर्च बढी उठेकाले भाडा पनि बढाउन लागिएको ती कम्पनीले जनाएका छन् । खासामा सडक र पुनर्निर्माण भइरहे पनि रोकिएका कन्टेनर सबै छाड्न चिनियाँ पक्षसँग पटक पटक आग्रह गरिएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिनुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। रास्वपाका सहमहामन्त्री

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

    कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत अवस्थामा फेला परेका छन्। गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका सिंहको शव

    आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम

    काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    Techie IT