Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २२ शुक्रबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियदशैं अगाबै तातोपानी नाका खुलाउन पूर्वमन्त्री बस्नेतकाे पहल

    दशैं अगाबै तातोपानी नाका खुलाउन पूर्वमन्त्री बस्नेतकाे पहल


    सिन्धुपाल्चोक/ १६ असाेज, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मनेहनबहादुर बस्नेतले गत विहिबारदेखि शनिबारसम्म परेकाे अभिरल बर्षातका कारण अबरुद्ध बनेको तातोपानी नाकासम्मकाे सडक खुलाउन तिव्र पहल थाल्नुभएकाे छ।


    बस्नेतको निर्देशनअनुसार तत्कालै सडक सुचारु गर्नका लागि क्षतीग्रस्त पूल मर्मत गर्न र सडक मर्मत गरि सुचारु गर्न भोटेकोशी गाउँपालिका अध्यक्षकाे समन्वयमा सरोकारवाला निकायको संयोजनमा बैठक बसेर द्रुतगतिमा काम गर्ने तयारी भएको पालिका अध्यक्ष पासाङ नाेर्बु शेर्पाले जानकारी गराउनुभयाे ।
    “नेपाल-चीनबीचको सबैभन्दा पुरानो नाका लिपिङ तातोपानी सम्मको मोटरबाटो अन्तर्गत पर्ने लार्चाको मोटररेबल पुल, लिपिङ्ग खोला पुल पूर्ण रुपमा बगाएको छ, कोदारी क्षेत्रमा पहिरोले सडक पूर्ण रुपमा बगाएको छ।” अध्यक्ष शेर्पाले भन्नुभयो ।

    बस्नेतले तत्कालै सबै उपाय लगाएर क्षतीग्रस्त पूल तथा मोटर बाटो अस्थायी रुपमा यथाशीघ्र निर्माण गरी पूर्ण रुपमा अवरोध हटाउन निर्देशन दिनुभएको अध्यक्ष शेर्पाले बताउनुभयो । “मंगलबार भएको बैठकमा उहाँ आफै सहभागी भएर सहजीकरण गर्नका लागि मार्गनिर्देश गर्नुभएको छ । तातोपानी नाकालाई चाडपर्व अगावै  सञ्चालनमा ल्याउन र पुल बगाएको ठाउँमा अस्थायी पुल निर्माण गर्ने कार्य सुचारु गरिएको छ ।” शेर्पाले भन्नुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    रौतहटमा पेट्रोल ट्याङ्कर पल्टिएपछि आगलागी, मानवीय क्षति भएन

    रौतहट ।  रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुलस्थित महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएपछि लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र

    काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा सम्मानसहित…

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि अनिवार्य अवकाशमा गएका छन्। उमेर हदका कारण सेवा निवृत्त भएका

    काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टलाई धुम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको

    Techie IT