दशैँ बिदापछि नेप्से १ सय ६० अङ्कले घट्याे
काठमाडौँ । सेयर बजार परिसूचकमा आज पनि उच्च गिरावट आएको छ ।आइतबार नेप्से ७८.८३ अंकले घटेर नेप्से २५०३.३५ विन्दुमा पुगेर रोकिएको छ । कारोबारको सुरुवातदेखि नै उच्च अङ्कले घटेको बजार पहिलो २ घण्टासम्म निरन्तर घटेको थियो । यो अवधिमा झण्डै ८७ अङ्क घटेको बजारले २४ सयको लाइन छोएको थियो ।
९ कम्पनीको मूल्य बढ्दा २४२ को घट्यो । सबै सेक्टरका सूचक घटेका छन् ।
आज नेपाल माइक्रो इन्सुरेन्स कम्पनिको सेयर सबैभन्दा बढी ६.०१ प्रतिशतले बढेको छ भने पन्चकन्या माई हाइड्रोको शेयर ४.९० प्रतिशतले बढेको छ । त्यस्तै आज बुटवल पावरको शेयर मुल्य सबैभन्दा बढी ९.२७ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्स कम्पनिको ३८ करोड ७ लाख र एनएलजी इन्सुरेन्सको ३७ करोड १७ लाख बराबरको कारोबार भएको छ ।आज सबै समूहको शेयर घटेकोमा होटल र अन्य समूहको शेयर ४ प्रतिशतभन्दा धेरै तथा फाइनान्स, जलविद्युत्, लगानी समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, एनएलजी इन्स्योरेन्स, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स र सीईडीबी होल्डिङस् अगाडि रहे ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ ललितपुरका तीन क्षेत्रबाट कांग्रेसका ३२ जनाको सिफारिस
- २ बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त
- ३ सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न
- ४ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- ५ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ६ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ७ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश

तपाईको प्रतिक्रिया दिनुहोस