Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठविश्वथाइल्यान्डको विद्यालय गोलीकाण्डमा मृतकको संख्या ९ पुग्यो

    थाइल्यान्डको विद्यालय गोलीकाण्डमा मृतकको संख्या ९ पुग्यो


    काठमाडौं । थाइल्यान्डको नोनथाबुरी प्रान्तस्थित एक विद्यालयमा शुक्रबार भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ९ पुगेको छ। गोली लागेर उपचाररत १२ वर्षीया बालिकाको शनिबार मृत्यु भएपछि मृतकको संख्या ९ पुगेको हो।

    नोनथाबुरी प्रान्तको जनसम्पर्क विभागले स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै शनिबार साँझ ४ बजेसम्म घटनामा ९ जनाको मृत्यु भएको र १४ जना अझै अस्पतालमा उपचाररत रहेको जनाएको छ।

    नोनथाबुरीस्थित डेब्सिरिन नोनथाबुरी विद्यालयमा १४ वर्षीय विद्यार्थीले गोली चलाउँदा विद्यार्थी तथा विद्यालयका कर्मचारीसहित धेरै जना घाइते भएका थिए। प्रहरीले ती किशोरले विद्यालय जानुअघि आफ्ना हजुरबुबा–हजुरआमामाथि समेत गोली चलाएको र पछि आफैंलाई गोली हानी मृत्यु भएको जनाएको छ।

    घटनामा घाइते भएकी १२ वर्षीया बालिकाको उपचारका क्रममा शनिबार मृत्यु भएको हो। उनको निधनप्रति विद्यालयले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

    घटनाबारे प्रहरीले शनिबार विद्यालयका केही विद्यार्थी र शिक्षकसँग सोधपुछ गरेको छ। प्रहरीले गोली चलाउनुको कारण तथा प्रयोग भएको हतियार र गोलीको स्रोतबारे अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रहरीले प्रारम्भिक अनुसन्धानबारे आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरेको छ। घटनापछि थाइल्यान्डमा विद्यालय सुरक्षा र बन्दुक नियन्त्रणसम्बन्धी बहस पुनः चर्किएको छ। प्रधानमन्त्री अनुतिन चार्नविराकुलले बन्दुकसम्बन्धी नियम थप कडा बनाउने प्रतिबद्धता जनाएका छन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    वेस्ट बैंकमा १ हजार २३४ नयाँ बस्तीका घर निर्माणको तयारी,…

    काठमाडौँ ।  इजरायलले कब्जामा रहेको वेस्ट बैंकको रणनीतिक रूपमा महत्वपूर्ण ‘ई–१’ क्षेत्रमा नयाँ बस्ती विस्तारका लागि १ हजार २३४ घर

    जापानको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य…

    काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको

    दक्षिण जापानमा ७.१ म्याग्निच्युडको भूकम्प

    काठमाडौँ । दक्षिण जापानमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि व्यापक त्रास फैलिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण कुमामोटोस्थित

    डीआर कंगोमा इबोला महामारी भयावह, मृतक संख्या १,३०९ नाघ्यो

    काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारी झन् भयावह बन्दै गएको छ। महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार

    डीआर कंगोमा इबोला संक्रमण अझै नियन्त्रणबाहिर, डब्ल्यूएचओद्वारा उच्च सतर्कता

    काठमाडौं । लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा इबोला भाइरसको संक्रमण नयाँ–नयाँ क्षेत्रमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले संक्रमण अझै

    दैनिक इन्धन मूल्य प्रणालीको विरोधमा पाकिस्तानभर पेट्रोल पम्प बन्द गर्ने…

    काठमाडौँ ।  सरकारले लागू गर्न लागेको दैनिक इन्धन मूल्य निर्धारण प्रणालीको विरोध गर्दै पाकिस्तानभरका पेट्रोल पम्प सञ्चालकहरूले बुधबार रातिदेखि देशव्यापी

    Techie IT