Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १ शुक्रबार

    अपडेट
    गृहपृष्ठराजनीतिथमन विक हत्या प्रकरणमा पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ, उच्च अदालतले सुनायो पाँच वर्ष कैद सजाय

    थमन विक हत्या प्रकरणमा पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ, उच्च अदालतले सुनायो पाँच वर्ष कैद सजाय


    काठमाडौं । नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभाका पूर्वसदस्य लक्ष्मी महतो कोइरीलाई सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत जनकपुरधामले बुधबार उक्त मुद्दामा कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएपछि प्रहरीले बिहीबार साँझ महोत्तरीको गौशाला–५ स्थित एमाले पार्टी कार्यालयबाट उनलाई नियन्त्रणमा लिएको हो।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक पञ्चलाल गोलेका अनुसार अदालतको फैसलाअनुसार कोइरीलाई पक्राउ गरी जिल्ला सदरमुकाम जलेश्वर लगिएको छ। कोइरी एमालेको मधेश प्रदेश कमिटी सदस्यसमेत हुन्।

    यसअघि महोत्तरी जिल्ला अदालतले २०८० साल मंसिर २८ गते यही मुद्दामा कोइरीलाई सफाइ दिएको थियो। तर उच्च अदालत जनकपुरधामले जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई दोषी ठहर गरेको हो।

    फौज्दारी मुद्दा विचाराधीन रहेकै समयमा कोइरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नं. १ बाट एमालेका तर्फबाट निर्वाचित भएका थिए। पछिल्लो निर्वाचनमा भने उनी पराजित भएका थिए।

    सशस्त्र प्रहरीका असई थमन विकको २०७२ साल भदौमा मधेश आन्दोलनका क्रममा हत्या भएको थियो। जलेश्वरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत जनकपुर लैजाँदै गर्दा बाटोमा रहेका केही व्यक्तिले उनलाई एम्बुलेन्सबाट बाहिर निकालेर कुटपिट गरेका थिए। गम्भीर घाइते भएका विकको सोही घटनामा मृत्यु भएको थियो।

    उच्च अदालतको पछिल्लो फैसलासँगै लामो समयदेखि चर्चामा रहेको थमन विक हत्या प्रकरण फेरि राजनीतिक तथा कानुनी बहसको केन्द्रमा आएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT