त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा
काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ ।
उद्धार टोलीले शुक्रबार सुरुङभित्रबाट आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई सकुशल बाहिर निकालेको हो ।
सुरुङबाट उद्धार गरिएका दुवै जनालाई तत्काल स्वास्थ्य परीक्षण तथा थप उपचारका लागि हेलिकप्टरमार्फत अस्पताल पठाउने तयारी भइरहेको छ । उद्धारका क्रममा उनीहरूलाई स्ट्रेचरमा राखेर अक्सिजन दिइएको थियो ।
उद्धार तथा स्थलगत समन्वयका लागि गृहमन्त्री सुधन गुरुङ स्वयं घटनास्थलमा खटिएका छन् । उनले उद्धार टोलीलाई आवश्यक स्रोत–साधन उपलब्ध गराउने तथा खोज तथा उद्धार कार्यमा सहजीकरण गरिरहेका छन् ।
सुरुङभित्र अझै केही व्यक्ति फसेको विवरण प्राप्त भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्राविधिक टोलीले संयुक्त रूपमा खोज तथा उद्धार कार्य जारी राखेका छन् ।
यसैबीच, गृहमन्त्री गुरुङको उद्धारस्थलमै सक्रियतामाथि भने आलोचना पनि भएको छ । केहीले विपद् व्यवस्थापनमा गृहमन्त्रीको मुख्य भूमिका निर्देशन, स्रोत–साधन परिचालन र समन्वयमा केन्द्रित हुनुपर्ने भन्दै उनी प्रत्यक्ष रूपमा फिल्डमा खटिनु उपयुक्त नभएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा गृहमन्त्री अक्सिजन सिलिन्डर बोकेर उद्धारस्थलमा हिँडिरहेको दृश्य सार्वजनिक भएपछि कतिपयले त्यसलाई ‘फिल्ड स्टन्ट’ तथा लोकप्रियता हासिल गर्ने प्रयासका रूपमा समेत टिप्पणी गरेका छन् । यद्यपि, गृहमन्त्रीको पक्षबाट भने उद्धार कार्यलाई प्रभावकारी बनाउन स्थलगत उपस्थितिले समन्वय र सहजीकरणमा सहयोग पुगेको बताइएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ रसुवा बाढीको बीमा दाबी २० अर्ब ९८ करोड, छिटो भुक्तानीका लागि संक्षिप्त कार्यविधि लागू
- ७ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

तपाईको प्रतिक्रिया दिनुहोस