त्रिशूलीमा पुल बगेपछि ह्युम पाइप राखेर अस्थायी आवतजावत सञ्चालन गरिने
नुवाकोट । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुल बगाएपछि त्रिशूली बजार क्षेत्रमा नदी वारपार गर्न भइरहेको समस्या तत्काल समाधान गर्न ह्युम पाइप राख्ने तयारी गरिएको छ।
यसअघि गरिएको प्राविधिक अध्ययनले विदुर नगरपालिका–१ स्थित ढुङ्गेमा रहेको कृषि विकास कार्यालय र वडा कार्यालयको पछाडिपट्टि नदीका दुवै किनारमा रहेका ठूला ढुङ्गाबीच ह्युम पाइप राखेर अस्थायी रूपमा आवतजावत सञ्चालन गर्न सकिने देखाएको थियो।
सोही अध्ययनका आधारमा नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, नेपाली सेनाका प्राविधिक अधिकृत, पूर्वाधार विकास कार्यालयका प्रमुख सुजन थापा, विभिन्न वडाका अध्यक्ष तथा निर्माण व्यवसायीबीच भएको छलफलपछि ह्युम पाइप राख्ने काम अघि बढाउने निर्णय गरिएको हो।
नगरप्रमुख श्रेष्ठका अनुसार निर्माण कार्यमा सहभागी हुन इच्छुक निर्माण कम्पनीलाई प्राविधिक अध्ययनसहितको कार्यतालिका पेस गर्न कार्यादेश दिइएको छ। निर्माण व्यवसायीलाई तीन दिनभित्र ह्युम पाइप राख्न सकिने अवस्था, आवश्यक प्राविधिक व्यवस्थापन तथा काम सम्पन्न गर्न लाग्ने समयसहितको प्रतिवेदन पेस गर्न भनिएको छ।
ह्युम पाइप राखेर अस्थायी आवतजावत सञ्चालनमा ल्याउन सके त्रिशूली नदी वारपार गर्न भइरहेको कठिनाइ तत्काल केही सहज हुने र सर्वसाधारणलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ रसुवा बाढीको बीमा दाबी २० अर्ब ९८ करोड, छिटो भुक्तानीका लागि संक्षिप्त कार्यविधि लागू
- ७ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

तपाईको प्रतिक्रिया दिनुहोस