त्रिवि नक्कली पीएचडी देखाएर नियुक्ति लिएको भन्दै ३ जना प्राध्यापकसहित ४ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका चार जना अध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारआयोगका अनुसार पद्म कन्या क्याम्पसमा कार्यरत प्रा.डा. जया लक्ष्मी प्रधान, त्रि।वि। रसायन शास्त्र विभागमा कार्यरत प्रा.डा. मोतिलाल शर्मा र प्रा.डा. मेघराज पोख्रेल रहने गरी तीन सदस्यीय छनोट समिति गठन गरी सह-परीक्षा नियन्त्रक छनोट गरी नियुक्तिका लागि सिफारिस गर्ने जिम्मेवारी दिएको देखिएकोमा निज प्रतिवादी डिल्लीराम प्रसाईले मिति २०८१।०५।२६ गते सह -परीक्षा नियन्त्रक पदमा आवेदन दिई विद्यावारिधि वापतको अंकसमेत प्राप्त गरी अन्तिम नामावलीको १(एक) नम्बरमा सिफारिस भई त्रि.वि. रजिष्ट्रारबाट मिति २०८१।०८।१८ गते क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरको लागि सह(परीक्षा नियन्त्रक पदमा मिति २०८१।०८।१९ गतेदेखि लागू हुने गरी नियुक्ति लिन सफल भएको देखिएकोमा देहाय अनुसारको बदनियतपूर्वक कार्य भए गरेको जनाएको छ ।
सह-परीक्षा नियन्त्रकमा प्रसाईलाई नियुक्ति दिदा गलत प्रतिवेदन, परीक्षाको परिणाम फेरबदल र नपाएको ओहदा दिएको अख्तियारको आरोप छ । अख्तियारले चारै जनाविरुद्ध कानुन बमोजिमको जरिवाना र सजायको माग गर्दै मुद्धा दायर गरेको बताएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ खोलाको मापदण्ड पालना नगरी निजी जग्गामा सडक निर्माण गरिएको भन्दै अख्तियारमा उजुरी
- २ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ३ सामाजिक सद्भाव जोगाऔँ, विभाजनको राजनीति असफल बनाऔँ
- ४ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- ५ ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीप्रति नेपाल सरकारको श्रद्धाञ्जली, शव स्वदेश ल्याउन समन्वय तीव्र
- ६ संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
- ७ करदातालाई आकर्षित गर्न उपहार योजना, रु. १०० माथिको बिल दर्ता गर्न आग्रह

तपाईको प्रतिक्रिया दिनुहोस