Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठराष्ट्रियत्रिपक्षीय सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोशेढुङ्गा : उर्जामन्त्री खड्का

    त्रिपक्षीय सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोशेढुङ्गा : उर्जामन्त्री खड्का


    काठमाडौँ/१७ असोज, उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल–बंगलादेश र भारतबीचको त्रिपक्षीय उर्जा सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोशेढुङ्गा सावित भएको बताउनुभएको छ ।

    नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट वोर्ड र एनटिपिसि विद्युत व्यापार निगम भारतबीच भएको त्रिपक्षीय विद्युत सम्झौता कार्यक्रममा बोल्दै उर्जामन्त्री खड्काले नेपालको उर्जा क्षेत्रमा एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित भएको बताउनुभएको हो ।

    मन्त्री खड्काले नेपालले इतिहासमै पहिलोपटक जलविद्युत उर्जा तेस्रो मुलुकमा निर्यात गर्ने भएकाले आजको कार्यक्रम नेपालको उर्जा क्षेत्रमा ऐतिहासिक भएको बताउनुभयो । “आजको यो उपलब्धी सन् २०१८ देखि नेपाल र बंगलादेशले उर्जा क्षेत्र सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेपछि संयुक्त कार्यदल र संयुक्त सञ्चालन समितिको ६ वटा सफल बैठक तथा त्यसपछिको निरन्तर प्रयासको प्रतिफल हो,”– मन्त्री खड्काले भन्नुभयो ।

    मन्त्री खड्काले बङ्गलादेशको नयाँ अन्तरिम सरकार र बंगलादेशीलाई मुलुक सुधारका एजेण्डामा सफलताको कामना गर्दै बधाई दिनुभयो । उहाँले सन् १९७२ देखि नेपाल र बंगलादेशबीचको कुटनीतिक सम्बन्ध भएदेखि सम्बन्धहरु सुमधुर र प्रगाढ हुँदै आएको उल्लेख गर्नुभयो । सार्क सदस्य राष्ट्रको रुपमा बंगलादेशले क्षेत्रीय चासोका विषयमा खेल्दै आएको भूमिका सराहनीय रहेको उहाँको भनाई छ ।

    उर्जामन्त्री खड्काले नेपाल र बंगलादेशबीचको सम्बन्धलाइए उर्जा व्यापार सम्बन्धले जनस्तरमा नै थप सुदृढ एवम् प्रगाढ बनाउन मद्दत पुगको बताउनुभयो । उहाँले बंगलादेशमा हालै भएको राजनीतिक परिवर्तनका क्रममा प्रभावित भई मृत्यु भएका परिवारहरुप्रति गहिरो समवेदना र आन्दोलनका क्रममा घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । तमाम चुनौतीका बाबजुद बंगलादेशले सामाजिक तथा आर्थिक पुर्नप्राप्ती गर्दै अगाडि बढ्ने मन्त्री खड्काले विश्वास व्यक्त गर्नुभयो ।

    उर्जामन्त्री खड्काले नेपालमा उत्पादित विद्युत सीमापार प्रसारण लाइनबाट बंगलादेश पुग्नका लागि कसहज बनाउन भारत सरकारको अटल एवम् निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

    मन्त्री खड्काले नेपालले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट जलविद्युत उत्पादन गर्ने प्रतिवद्धता जनाएको र १५ हजार मेगावाट निर्यातका लागि छुट्याएकाले उक्त कार्यलेले नेपालको जलविद्युत क्षमताको उपयोग गर्दै दृढ संकल्पलाई झल्काएको बताउनुभयो । “निर्वाध सीमापार उर्जा व्यापार आवश्यक छ, नेपाल कुशल र वातावरणमैत्री उर्जा स्रोतमा सुधारिएको पहुँचमार्फत दिगो विकास लक्ष्यलाई अगाडि बढाउन चाहन्छ, स्वच्छ उर्जाको लागि पेरिस सम्झौतामार्फत निर्धारित साझा लक्ष्य हाँसिल गर्न सामुहिक प्रतिवद्धता चाहिन्छ,”– मन्त्री खड्काले भन्नुभयो ।

    उर्जामन्त्री खड्काले छिमेकी देशका सार्वजनिक र निजी क्षेत्रलाई नेपालको जलविद्युत आयोजनामा लगानी गर्नसमेत आग्रह गर्नुभयो । उहाँले बंगलादेश, भुटान, भारत र नेपालमा ग्रिड पूर्वाधार एकीकृत गर्नाले नेपालमा जलविद्युत विकासलाई गति दिन सकिने बताउनुभयो । मन्त्री खड्काले आजको त्रिपक्षीय सम्झौताले फराकिलो बहुपक्षीय उर्जा साझेदारीको घोषणा गरेको उल्लेख गर्नुृभयो । भारतको साथले नेपालले क्षेत्रीय उर्जा व्यापारको नयाँ युगको सुरुवात गर्दै उर्जा क्षेत्रमा सफल सहयोगी मोडल स्थापना गर्न सक्षम भएको उहाँको भनाई छ ।

    उर्जामन्त्री खड्काले त्रिपक्षीय विद्युत विक्रि सम्झौता अन्तर्गत ४० मेगावाट प्रारम्भिक क्षमताका साथ यो प्रयास सुरु गर्दा सय माइलको यात्रा एउटै पाइलाबाट सुरु हुन्छ भन्ने आफूलाई स्मरण भइरहेको बताउनुभयो । मन्त्री खड्काले उक्त सम्झौताले नेपालको छिमेकी राष्ट्रहरुको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । उर्जा क्षेत्रमा हाम्रा साझा लक्ष्यलाई प्राप्त गर्न भारत र बंगलादेशसँग मिलेर सहकार्य गर्न आफू तत्पर रहेको मन्त्री खड्काको भनाई थियो ।

    सम्झौता कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ, बङ्गलादेशका अन्तरिम सरकारका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसन, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिवद्धय सुरेश आचार्य र सरीता दवाडी, मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारी, नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभबलपमेन्ट वोर्ड र एनटिपिसि विद्युत व्यापार निगम भारतका प्रतिनिधी, नेपालस्थित भारत र बंगलादेशका प्रतिनिधीलगायत उच्च पदस्थ अधिकारीहरुको सहभागीता रहेको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    श्रद्धा–भक्तिपूर्वक मनाइँदै श्रीकृष्ण जन्माष्टमी

    काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको

    Techie IT