Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २७ बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारत्रिकोणात्मक टी–२० सिरिज: नेदरल्यान्ड्समाथि नेपालको शानदार जित

    त्रिकोणात्मक टी–२० सिरिज: नेदरल्यान्ड्समाथि नेपालको शानदार जित


    त्रिकोणात्मक टी–२० आई सिरिजको समूह चरण अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको शानदार जित निकालेको छ।

    १२१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५ दशमलव २ ओभरमा चार विकेट विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६रनको योगदान दिए।

    यस्तै गुलशन झाले ३८ रनको योगदान दिँदा कुशल भुर्तेलले १२ तथा आशिफ शेखले ८ रन बनाए। यस्तै दिपेन्द्र सिंह ऐरीले नटआउट ४ तथा कुशल मल्लले नटआउट २ रन बनाए।

    टस जित्दै पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा अलआउट हुँदै १२० रन बनाएको थियो। नेपालका प्रतिश जिसीले ३, करण केसी र कुशल मल्लले दुई/दुई तथा दिपेन्द्र सिंह ऐरीले १ विकेट लिएका थिए।

    यता नेदरल्यान्ड्सका भिभिएन किङ्माले तीन तथा आर्यन दत्तले एक विकेट लिए। पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओडाउटले सर्वाधिक ३१, टिम भानडर गुटेनले २४, रोलेम भान डर मर्वेले २३ र कप्तान स्कट एडवर्डले १८ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आज देशका अधिकांश क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही…

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक

    धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना…

    धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा

    महावीर पुन मन्त्री बन्दै

    काठमाडौं । म्याग्दीबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले पुनलाई विज्ञान, प्रविधि

    गृहमन्त्रीमा फेरि सुधन गुरुङ, आजै शपथको तयारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुदन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले

    प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा आर्थिक वर्ष २०८३/०८४ को

    सुदूरपश्चिम सरकारमा कांग्रेसको नयाँ शक्ति सन्तुलन, तीन मन्त्री र दुई…

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट नियुक्त भएका तीन मन्त्री र दुई राज्यमन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ

    Techie IT