Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २७ बुधबार

    अपडेट
    गृहपृष्ठखेलकुदत्रिकोणात्मक टी–२० आई सिरिज: नामिबियामाथि नेपालको ३ रनको रोमाञ्चक जित

    त्रिकोणात्मक टी–२० आई सिरिज: नामिबियामाथि नेपालको ३ रनको रोमाञ्चक जित


    त्रिकोणात्मक टी-२० आई सिरिजअन्‍तर्गत नेपालले नामिबियामाथि रोमाञ्चक जित निकालेको छ। जित्नैपर्ने दबाबमुलक खेलमा नेपालले ३ रनले जितेको हो।

    १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन बनायो। नेपाललाई जित दिलाउन करण केसीले अन्तिम ओभरमा कसिलो बलिङ गर्दै एक विकेट लिँदै ८ रन खर्चिए। जबकी अन्तिम ओभरमा जितका लागि नामिबियालाई १२ रन आवश्यक थियो।

    नेपालका लागि करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट लिए भने अभिनास बोहोराले एक विकेट लिए।

    नामिबियाका लागि कप्तान जेजे सम्मिथले अर्धशतक प्रहार गरे। २५ बलमा अर्धशतक गरेका उनको विकेट २६ औं बलमा दीपेन्द्र सिंह ऐरीले अनिल साहबाट क्याचआउट गराए। यस्तै जन फ्रेन्लिङ्कले ३७, जेपी कटेजले २५ तथा जेन ग्रिनले २३ रन बनाए।

    यसअघि टह हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो।
    खेलमा नेपालका आक्रमक ब्याटर कुशल मल्लले अर्धशतक पूरा गरे। उनले ३६ बल खेल्दै ५४ रन बनाए। मल्लले ४ छक्का र एक चौका प्रहार गरे। मल्लले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो चौथो अर्धशतक हो।

    आजको खेलमा कुशल भुर्तेलको स्थानमा आएका ओपनर अनिल साहले १७ बलमा २३ रन बनाए भने अर्का ओपनर आशिफ शेख १ रनमा आउट भए।

    गुलसन झाले २६ रन बनाए। उनले १६ बल खेल्दै ३ छक्का र १ चौका प्रहार गरेका थिए।

    यस्तै कप्ता रोहित पौडेलले १० रन बनाए भने दिपेन्द्रसिंह ऐरीले १६ रनको योगदान दिए। करन केसी ७ रन बनाए आउट भए भने सोमपाल कामीले २ रन बनाए।

    नामिवियाविरुद्धको पहिलो खेलमा २० रनले पराजित भएको थियो। सिरिजमा दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको नेपाललाई फाइनलमा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाब थियो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    हङकङलाई डीएलएसमा १९ रनले हराउँदै नेपाल एसियन गेम्स छनोट च्याम्पियन

    काठमाडौँ । सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअनुसार १९ रनले पराजित गर्दै

    एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै

    काठमाडौं । एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा आज (सोमबार) नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो १२ः१५ बजे

    भारतले बंगलादेशलाई ३–१ ले हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि जित्यो

    काठमाडौँ । भारतले बंगलादेशलाई ३–१ गोलले पराजित गर्दै साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। यो भारतको महिला फुटबलमा छैटौँ उपाधि

    एसीसी महिला प्रिमियर कपः हङकङसँग ६९ रनले पराजित नेपाल उपविजेताका…

    काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग ६९ रनले पराजित भएको छ।

    कुशल भुर्तेलको लगातार दोस्रो शतक, मलेसियाविरुद्ध ५४ बलमै १२६ रनको…

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर Kushal Bhurtel ले एसियन गेम्स छनोट प्रतियोगितामा लगातार दोस्रो खेलमा शतक प्रहार गर्दै

    मलेसियाको जितसँगै नेपाल एसियन गेम्समा छनोट

    काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली जापानमा आयोजना हुने आगामी एसियन गेम्सका लागि छनोट भएको छ। सिंगापुरमा जारी एसियन

    Techie IT