Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २८ बिहीबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियतीन महिनामा ४४ वातावरणीय प्रक्रिया सम्पन्न, १६ आयोजनाको ईआईए स्वीकृत

    तीन महिनामा ४४ वातावरणीय प्रक्रिया सम्पन्न, १६ आयोजनाको ईआईए स्वीकृत


    काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासिक (वैशाख–असार) अवधिमा विकास निर्माणसँग सम्बन्धित ४४ वटा वातावरणीय प्रक्रिया सम्पन्न गरेको जनाएको छ।

    मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखाका अनुसार वैशाख १ देखि असार ३२ गतेसम्म १६ वटा आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र ११ वटा आयोजनाको क्षेत्र निर्धारण (एसडी/टिओआर) प्रतिवेदन स्वीकृत गरिएको हो।

    मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार स्वीकृत ईआईएमध्ये अधिकांश जलविद्युत् आयोजना रहेका छन्। यसमा ३४१ मेगावाटको बूढीगण्डकी, ९१.१५ मेगावाटको बूढीगण्डकी नदी, ३५.१५ मेगावाटको माथिल्लो अप्सुखोला, २२ मेगावाटको रोल्वालिङ खोला, ३०.४० मेगावाटको माथिल्लो दूधखोला तथा ३४.३९ मेगावाटको सुपर बूढीगण्डकी जलविद्युत् आयोजना समावेश छन्।

    भौतिक पूर्वाधारतर्फ बुटवल–पोखरा सडक खण्ड, पथलैया–हेटौंडा–नारायणघाट सडक स्तरोन्नति, कोहलपुर–सुर्खेत–बबई सडक तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको भवन निर्माणको ईआईए स्वीकृत भएको छ। यस्तै, काठमाडौंस्थित डीएलएफ ग्रिन अपार्टमेन्ट र धनुषाको विनियतरा क्यान्सर अस्पतालको वातावरणीय प्रभाव मूल्याङ्कन पनि स्वीकृत गरिएको मन्त्रालयले जनाएको छ।

    क्षेत्र निर्धारण स्वीकृत भएका ११ आयोजनामध्ये ३२५ मेगावाटको माथिल्लो भेरी अर्धजलाशययुक्त जलविद्युत् आयोजना र १२४.३२ मेगावाटको जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना प्रमुख छन्। साथै, पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–चोचा खण्ड, अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन तथा ग्रिनफिल्ड टर्मिनल, र बेसीशहर–चामे सडकको क्षेत्र निर्धारण प्रतिवेदन पनि स्वीकृत गरिएको छ।

    यस अवधिमा अमेरिकी सहयोग परियोजना (एमसीसी) अन्तर्गत एमसीए–नेपालले निर्माण गरिरहेको लप्सीफेदी–रातामाटे–न्यू हेटौंडा–न्यू दमौली–न्यू बुटवल–भारत सीमा ४०० केभी डबल सर्किट प्रसारण लाइन तथा सबस्टेसनको परिमार्जित वातावरणीय व्यवस्थापन योजना स्वीकृत गरिएको छ। साथै, १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको पूरक ईआईए पनि स्वीकृत भएको मन्त्रालयले जनाएको छ।

    वातावरणीय मापदण्ड पालना नगरेको भन्दै मन्त्रालयले बाँकेको भेरी अस्पताल र काभ्रेको धुलिखेल अस्पताललाई जरिवाना गरेको छ।

    त्यसैगरी, दुई आयोजनाको म्याद थप गरिएको, पाँच आयोजनालाई पूरक ईआईए अध्ययनका लागि सहमति प्रदान गरिएको र समग्रमा तीन महिनाको अवधिमा ४४ वटा वातावरणीय प्रक्रिया सम्पन्न भएको मन्त्रालयले जनाएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना…

    रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। नेपाली कांग्रेसले

    अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    काठमाडौं । विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने

    Techie IT