Techie IT
  • The Film Nepal
  • २०८२ चैत्र ३ मंगलवार

    अपडेट
    गृहपृष्ठराजनीतितीन मन्त्रीहरु नियुक्त

    तीन मन्त्रीहरु नियुक्त


    काठमाडौं। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले अधिवक्ता ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रालय सम्हाल्ने गरी नियुक्त गरेकी छन् ।उनले यसअघि नै अर्थमन्त्रीमा रामेश्वर खनाल र ऊर्जामन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लगाइसकेकी छन्।

    अर्याल अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि लोकप्रिय भएका हुन्।उनले जनहितका विभिन्न मुद्दा उठाएर कानुनी लडाइँ लड्दै आएका छन्। उनी काठमाडौं महानगरपालिकाका कानुनी सल्लाहकार पनि हुन्। सुशीला कार्कीको अन्तरिम सरकार प्रमुख नियुक्ति क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्नमा पनि उनी संलग्न थिए। शपथ ग्रहण समारोहमा पनि उनी सहभागी भएका थिए।

    त्यस्तै, अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने खनाल पूर्वअर्थसचिव हुन्।उनले केही समयअघि मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको अध्यक्षका रूपमा केपी ओली सरकारलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए।

    अर्थतन्त्रको कमजोरी कहाँ छ, समस्या किन आयो, तत्काल के गर्नुपर्छ र दीर्घकालीन उपाय के हुन् भन्ने विषयमा उनले ठोस सुझाव दिएका थिए।

    ऊर्जा मन्त्रालय सम्हाल्ने घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन्।आफ्नो व्यवस्थापकीय क्षमताका कारण नेपाललाई लोडसेडिङबाट मुक्त गराएको भनी आमजनतामा लोकप्रिय घिसिङलाई केही महिनाअघि केपी ओली सरकारले नै प्राधिकरणबाट हटाएको थियो। उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरिएको थियो।

    प्रधानमन्त्री कार्कीले यी तीनै जनासँग सुरूमा फोनमा कुराकानी गरेकी थिइन्। त्यसपछि प्रधानमन्त्री कार्यालयमै बोलाएर छलफल गरी टुंगो लगाइसकेको स्रोत बताउँछ।
    आइतबार बिहानदेखि नै कार्कीले मन्त्रीमण्डल गठनलाई तीव्रता दिँदै छलफल सुरू गरेकी हुन्। मन्त्रिमण्डल प्रधानमन्त्रीसहित ११ जना सम्मको मात्र बनाइने भएको छ। यसो हुँदा अहिले टुंगो लागेका मन्त्रीहरूमा भागमा अन्य मन्त्रालय पनि पर्न सक्नेछ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नवनिर्वाचित सांसदका लागि रास्वपाको अभिमुखीकरणमा मोबाइल निषेध

    काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। रास्वपाले मंगलबार र बुधबार

    कांग्रेसका पूर्वसांसद चालिसेलाई धरौटीमा छोड्न आदेश

    काठमाडौं | विशेष अदालतले नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । गैरकानुनी सम्पत्ति

    चट्याङ र असिनासहित वर्षाको सम्भावना कहाँ कहाँ छ?

    काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।सोमबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली

    श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

     काठमाडौं |  श्रम संस्कृति पार्टीले ४ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । धरानमा आज बसेको पार्टीको केन्द्रीय समिति

    एमाले अध्यक्ष ओली भेट्न गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

    काठमाडौं, १ चैत्र । प्रधानमन्त्री सुशीला कार्कीले एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादप्रति समबेदना प्रकट गरेकी छिन् । पितृ

    साम्पाङको दलबाट सिफारिस भए समानुपातिक सांसद

    काठमाडौंँ | श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सांसद छानेको छ । राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीले समानुपातिकमा ३

    Techie IT