तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमण सम्पन्न गरी शनिबार साँझ स्वदेश फर्किएका छन् ।
बिहीबार भारत प्रस्थान गरेका मन्त्री वाग्लेले भ्रमणका क्रममा भारतीय अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।
भेटका क्रममा मन्त्री वाग्लेले जलवायु न्यायका विषयमा भारतको सहयोग र साथका लागि आग्रह गरेका थिए । साथै, वर्तमान सरकार सुशासनप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपालमा भारतीय लगानी बढाउन भारतीय पक्षलाई आग्रह गरेका थिए ।
विदेशमन्त्री जयशंकरसँगको भेटमा वाग्लेले आर्थिक तथा राजनीतिक सहकार्यका विषयमा छलफल गरेका थिए । भेटका क्रममा उनले भोटेकोशी क्षेत्रमा आएको बाढीपछि राहत तथा उद्धारका लागि भारत सरकारले गरेको सहयोगप्रति धन्यवादसमेत व्यक्त गरेका थिए।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ रसुवा बाढीको बीमा दाबी २० अर्ब ९८ करोड, छिटो भुक्तानीका लागि संक्षिप्त कार्यविधि लागू
- ७ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

तपाईको प्रतिक्रिया दिनुहोस