Techie IT
  • The Film Nepal
  • २०८२ चैत्र १ आईतवार

    अपडेट
    गृहपृष्ठराजनीतितीन दिनभित्र विद्यालय फर्कन शिक्षकहरूलाई सर्वोच्चको आदेश

    तीन दिनभित्र विद्यालय फर्कन शिक्षकहरूलाई सर्वोच्चको आदेश


    काठमाडौं । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूको जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधनका लागि उचित र आवश्यक निर्णय गर्न सरकारका नाममा आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै आन्दोलनरत शिक्षकहरूलाई ३ दिनभित्र विद्यालय फर्कने वातावरण सुनिश्चित गर्न आदेश जारी गरेको हो  ।

    अधिवक्ताद्वय श्रवणकुमार चौधरी र माधवराज शर्मा पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित शिक्षा, कानुन मन्त्रालयलगायत निकायलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।

    अदालतले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलगायत विपक्षी निकायहरूलाई आन्दोलनरत शिक्षकका संविधानसम्मत माग सम्बोधन गरी नियमित पठनपाठन सुनिश्चित गर्न आदेश दिएको छ। साथै, माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा समयमै प्रकाशन गर्न र कक्षा १२ को बोर्ड परीक्षा तोकिएको समयमै सञ्चालन गर्न निर्देशन दिइएको छ।

    शिक्षकहरू गत २० चैतदेखि विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित काठमाडौं केन्द्रित आन्दोलनमा छन् । सरकार र शिक्षकबीच वार्ता भए पनि समाधान निष्कर्षमा पुग्न सकेको छैन ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

     काठमाडौं |  श्रम संस्कृति पार्टीले ४ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । धरानमा आज बसेको पार्टीको केन्द्रीय समिति

    एमाले अध्यक्ष ओली भेट्न गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

    काठमाडौं, १ चैत्र । प्रधानमन्त्री सुशीला कार्कीले एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादप्रति समबेदना प्रकट गरेकी छिन् । पितृ

    साम्पाङको दलबाट सिफारिस भए समानुपातिक सांसद

    काठमाडौंँ | श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सांसद छानेको छ । राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीले समानुपातिकमा ३

    ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

    काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।

    केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, उपल्लो वायुमण्डलको उच्च चापीय प्रणाली तथा पूर्वी क्षेत्रमा

    पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्षओलीलाई पितृ शोक

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । ओलीका पिता मोहनप्रसादको ९७ वर्षको

    Techie IT