तीनै तहका सरकारले गरेको विकासका काम जनताले अपनत्व लिनेखालकाे हुनुपर्छ – मुख्यमन्त्री लामा
ललितपुर/ ०५ पुस : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीनै तहका सरकारले गरेको विकासका काम जनताले अपनत्व लिनेखालकाे हुनुपर्छ भन्ने बताउनुभएकाे छ ।
ललितपुरको काेन्ज्याेसाेम गाउँपालिकाकाे कार्यालयमा आज विहिबार गाउँसभाकाे १५ओैं अधिवेशनकाे उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री लामाले संघ, प्रदेशबाट भएगरेका विकास निर्माणका कामहरु सफलतापूर्वक सम्पन्न गर्दै त्यसको समुचित प्रयाेग र संरक्षणमा स्थानीय तहले ध्यान दिनुपर्ने बताउनुभएको हाे ।
” हाम्रो एउटा प्रदेशबाट अर्को प्रदेशमा पुग्न ३०-४० किलोमिटरकाे सडकबाटै सम्भव छ, हरेक वर्ष ५ वटा सडकलाई मर्मत गर्याै भने पनि सहजै काम सम्पन्न हुन्छ, स्थानीय, प्रदेश र संघले बजेट राखेर बनाइएका फरकफरक याेजनाकाे मर्मत र संरक्षणमा सबैले ध्यान दिएमा मात्रै गरेको विकासले सार्थकता पाउँछ।” मुख्यमन्त्री लामाले भन्नुभयो ।
उहाँले संविधानले परिकल्पना गरेअनुसार ठूलाठूला विकासका याेजनाका लागि संघ, मध्यम खालका प्रदेश र साना याेजनाका लागि स्थानीय तहले नैफकाम गर्न सक्ने व्यवस्था रहेकाे जानकारी गराउनुभयाे ।
उहाँले विपदजन्य घटनाबाट वचन खाेलाका नजिकमा मानव बस्ती नराख्ने र सबै जना सचेत भएर विपदबाटबच्न काम गर्नुपर्नेमा जाेड दिनुभयो ।
ललितपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उदय शम्शेर राणाले काेन्ज्याेसाेम गाउँपालिकाकाे समस्याको बारेमा संसदमा आवाज उठाउँदै पर्याप्त बजेट विनियोजनका लागि संघीय सरकारकाे ध्यानाकर्षण गराउने बताउनुभयाे ।
जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फूँयालले जिल्लाकाे समुचित र समानुपातिक विकासकाे लागि आफू निर्वाचित भएदेखि नै आवाज उठाउँदै आएकाे बताउँदै ललितपुरको ग्रामीण भेगकाे सडक सञ्जालकाे विकास, मर्मतसम्भारका लागि संघ र प्रदेशसंग समन्वय गरिरहेकाे बताउनुभयो । उहाँले ललितपुरका तीन वटा गाउँपालिकाहरुकाे पूर्वाधार विकासमा बागमती प्रदेश सरकारले पहिलाे प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।
काेन्ज्याेसाेम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले सुशासन र पारदर्शितालाई दायित्वबाेध गर्नेगरी पालिकाका हरेक विकास निर्माण र सामाजिक उत्तरदायित्वका कामहरु गर्ने जानकारी गराउनुभयाे ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ खोलाको मापदण्ड पालना नगरी निजी जग्गामा सडक निर्माण गरिएको भन्दै अख्तियारमा उजुरी
- २ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ३ कप्तानगञ्जसहित तराईका जिल्लामा देखिएको तनावप्रति उद्योग वाणिज्य महासंघको चिन्ता, शान्ति कायम गर्न आग्रह
- ४ त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले पायो पूर्णता, चार सदस्य नियुक्त
- ५ सामाजिक सद्भाव जोगाऔँ, विभाजनको राजनीति असफल बनाऔँ
- ६ राष्ट्रपतिद्वारा प्रधानमन्त्री शाहलाई शान्ति, सद्भाव र संयम कायम गर्न आग्रह
- ७ संघीय संसदका तीन समितिको आज बैठक, चिकित्सा शिक्षा ऐन कार्यान्वयनदेखि वार्षिक कार्ययोजनासम्म छलफल

तपाईको प्रतिक्रिया दिनुहोस