Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २ शनिबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रतिहारपछि नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकममा भने गिरावट

    तिहारपछि नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकममा भने गिरावट


    काठमाडौँ । तिहार पछि आज खुलेको नेप्सेमा सामान्य वृद्धि भएको छ । आइतबार नेप्से ५.१९ अंकले बढेर २५०९.०४ विन्दुमा पुगेर रोकिएको छ । नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि देखिए पनि कारोबार रकम भने घटेको छ । यसअघि तिहार अगाडिको अन्तिम कारोबार दिन २ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको थियो । तर, आज कुल २ अर्ब ६६ करोड १३ लाख रुपैयाँ बराबरको ५५ लाख ९६ हजार ७७ कित्ता शेयर कारोबार भएको छ ।

    ९८ कम्पनीको मूल्य बढ्दा १४६ को घट्यो भने ४ को स्थिर रह्यो । आज अन्य समूह सबैभन्दा धेरै ३.०५ प्रतिशत बढ्यो । नेपाल पुनर्बीमाको मूल्य ७.१० प्रतिशत बढेसँगै अन्य समूहमा उच्च वृद्धि देखिएको हो ।

    त्यस्तै जीवन बीमा ०.६१, उत्पादन तथा प्रशोधन ०.०२, निर्जीवन बीमा ०.०८ र व्यापार ०.८१ प्रतिशत बढे । बैंकिङ ०.३५, विकास बैंक ०.२९, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.५७, हाइड्रोपावर ०.३३, माइक्रोफाइनान्स ०.२३ र लगानी ०.३४ प्रतिशत घटे ।

    आज धेरै कारोबार भएका पाँच कम्पनी/धितोपत्रमा नेपाल पुनर्बीमा, सिद्धार्थ बैंक डिबेन्चर ८९, युनियन हाइड्रोपावर, हिमालयन पावर पार्टनर र हिमालयन डिस्टिलरी रहे ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    नेपाल–भारतबीच विद्युत् प्रसारण क्षमता विस्तार गर्ने सहमति, निर्यात क्षमता १,६५०…

    काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार विस्तार गर्दै नेपालबाट भारततर्फ हुने विद्युत् निर्यात क्षमता १,१०० मेगावाटबाट १,६५०

    सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो

    काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य

    नेप्सेमा सामान्य सुधार, ६.११ अंकको वृद्धि; कारोबार ८ अर्ब ४१…

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार सामान्य अंकले बढेको छ। आज नेप्से ६.११ अंकले वृद्धि हुँदै २,५७६.२९ विन्दुमा

    सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट

    काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका

    आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५२.२३ रुपैयाँ, युरो १७३.९६…

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको

    Techie IT