Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २४ बुधबार

    अपडेट
    गृहपृष्ठविश्वताइवानमा शक्तिशाली आँधी ‘रागासा’ को प्रभाव : १४ जनाको ज्यान गयो

    ताइवानमा शक्तिशाली आँधी ‘रागासा’ को प्रभाव : १४ जनाको ज्यान गयो


    काठमाडौँ । हङकङमा सुपर टाइफुन रागासाका कारण दुई दिनदेखि भारी वर्षा भइरहेको छ । रोयटर्सका अनुसार यो २०२५ को सबैभन्दा खतरनाक आँधी हो । यसको प्रभाव ताइवान र चीनसम्म महसुस भइरहेको छ । ताइवानमा आँधीका कारण १४ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन् ।

    ताइवानको पूर्वी हुवालियनको गुआङ्फु शहरमा ताल फुट्दा ठूलो बाढी आएको हो । रागासाले ताइवानलाई प्रभावित गर्दै दक्षिण चीनको तटीय क्षेत्रतर्फ अघि बढिरहेको छ । शक्तिशाली हावाका कारण हङकङ र दक्षिण चीनका केही भागमा पनि उच्च सतर्कता अपनाइएको छ । हङकङमा आज पनि विद्यालय बन्द गरिएको छ ।

    ताइवानको अवस्था अझ भयावह भएको बताइएको छ । भारी वर्षाका कारण पहिरो र बाढी आएको छ भने राहत र उद्धार कार्य जारी छ ।

    खराब मौसमका कारण सेना र उद्धार टोलीहरूले कठिनाइको सामना गरिरहेका छन् । धेरै क्षेत्रहरूमा बिजुली र सञ्चार सेवाहरू अवरुद्ध भएका छन्, जसले गर्दा स्थानीय बासिन्दाहरूलाई ठूलो समस्या भएको छ ।

    रागासाले ताइवानलाई प्रभावित गर्दै दक्षिण चीनको तटीय क्षेत्रतर्फ अघि बढिरहेको छ । शक्तिशाली हावाका कारण हङकङ र दक्षिण चीनका केही भागमा पनि उच्च सतर्कता अपनाइएको छ । हङकङमा आज पनि विद्यालय बन्द गरिएको छ । चीनको ग्वाङदोङ प्रान्तबाट तीन लाख ७० हजारभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । ‘रागासा’ आँधी ग्वाङदोङमा बज्रिने मौसमविद्को अनुमान छ । यो आँधीले यसअघि फिलिपिन्समा प्रभाव पारेको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    इन्डोनेसियामा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ५०२

    काठमाडौं। इन्डोनेसियामा चक्रवाती तुफानका कारण भएको अत्यधिक वर्षामा परी हालसम्म मृत्यु हुनेको संख्या ५०२ पुगेको छ ।‘चक्रवात सेन्यार’ तुफानका कारण इन्डोनेसियामा विनाशकारी बाढीपहिरोमा

    श्रीलंकामा आँधीबाट १५९ जनाको मृत्यु,ठूलो विनाश

    काठमाडौं । श्रीलंकामा ‘दित्वा’ आँधीबाट १५९ जनाको मृत्यु भएको विभागका महानिर्देशक सम्पत कुतोवेगोदाले भएका बताएका छन् ।आँधीपछिको विपद्‌मा १२० हजारभन्दा बढी

    बंगलादेशमा ठूलो बस्तीमा आगलागी : १५ सय घर जले

    काठमाडौं।बंगलादेशको राजधानी ढाकाको सबैभन्दा ठूलो बस्ती कोराइलमा मंगलबार साँझ आगलागी भएको छ ।१,५०० भन्दा बढी घरहरू जलेर नष्ट भएको भारतीय

    हङकङ आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुग्यो, ७६ जना घाइते

    काठमाडौं । हङकङमा बुधबार राति लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ । केही मानिसहरुको अवस्था अझै

    भियतनाममा भीषण बाढीमा परी ३५ जनाको मृत्यू

    काठमाडौं।भियतनाममा अविरलको भारी वर्षा र बाढीका कारण भियतनाममा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।अन्य पाँच जना अझै बेपत्ता छन्

    इजरायली सेनाद्वारा विपिन जोशी जीवित नरहेको परिवारलाई जानकारी

    काठमाडौं ।  इजराययली सेनाले (आइडिएफ)ले हमासले वेपत्ता बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको जनाएको छ ।इजरायलका लागि नेपाली राजदुत

    Techie IT