Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २५ आईतवार

    अपडेट
    गृहपृष्ठ ∕ खेलकुद ∕ डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा

    डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा


    काठमाडौँ, १३ असारः उसमान डेम्बेलेको शानदार ह्याट्रिकको मद्दतमा फ्रान्सले नर्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को विजेताका रूपमा नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

    अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न समूह चरणको अन्तिम खेलमा फ्रान्सले प्रभावशाली प्रदर्शन गर्दै लगातार तेस्रो जित दर्ता गर्‍यो। यसअघि फ्रान्सले सेनेगललाई ३–१ तथा इराकलाई ३–० ले हराएको थियो।

    फ्रान्सका लागि डेम्बेलेले पहिलो हाफमै ह्याट्रिक पूरा गरे। उनले खेलको सातौँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने २०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। त्यसको एक मिनेटपछि नर्वेका थेलो आसगार्डले गोल फर्काउँदै अन्तर घटाए। तर ३२औँ मिनेटमा डेम्बेलेले पुनः गोल गर्दै ह्याट्रिक पूरा गरे र फ्रान्सलाई ३–१ को मजबुत अग्रता दिलाए।

    दोस्रो हाफमा नर्वेका योर्गन स्ट्रान्ड लार्सनले पेनाल्टीमा गोल गरे पनि फ्रान्सले खेलमाथिको नियन्त्रण कायम राख्यो। अतिरिक्त समयमा डिजायर डोएले गोल थपेपछि फ्रान्सले ४–१ को सहज जित निकाल्यो।

    यस हारका बाबजुद २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वे समूह उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गर्न सफल भयो।

    आजै भएको अर्को खेलमा सेनेगलले इराकलाई ५–० ले हरायो। समूह ‘आई’ मा फ्रान्सले नौ अङ्क जोड्दै शीर्ष स्थान हासिल गर्दा नर्वेले छ अङ्कसहित दोस्रो स्थान सुरक्षित गर्‍यो। सेनेगलले तीन अङ्क जोड्दा इराक भने अङ्कविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध पक्राउ पुर्जी…

    काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) मा भएको ठुलो आर्थिक अनियमितता, ठगी र खेल मिलेमतो प्रकरणमा जोडिएका अध्यक्ष पंकजविक्रम

    फिफा निलम्बनका कारण नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने

    काठमाडौँ । फिफाको निलम्बन फुकुवा नभएपछि नेपालले बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप गुमाउने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ

    एसियाली खेलकुदमा नेपालले पाँचौँ दिनमा खोल्यो पदकको खाता, चीनको अग्रता…

    काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पाँचौँ दिनमा आएर पदकको खाता खोलेको छ। पुरुष कुमिते ८४ केजीमाथिको

    एसियाडमा नेपालको पहिलो पदक, तेन्जिङ शेर्पाले जिते कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ। कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष

    एसीसी प्रिमियर कप : हङकङ चाइनासँग खेल्दै नेपाल

    काठमाडौँ । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत आज हङकङ चाइनासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली

    साउदी अरेबियामाथि नेपालको शानदार जित, लगातार तेस्रो जितसँगै सेमिफाइनलमा प्रवेश

    काठमाडौं ।  नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार सम्पन्न खेलमा साउदी अरेबियाले

    Techie IT