डेंगुको संक्रमण बढ्दै, काठमाडौं र झापामा सबैभन्दा धेरै संक्रमित
काठमाडौं । देशभर डेंगुको संक्रमण बढ्दै गएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्र(इडिसिडी)का अनुसार देशका ७३ वटा जिल्ला संक्रमण पुष्टि भएको छ ।
७३ जिल्लामा एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको इडिसिडीले जनाएको छ । ७३ जिल्लामा एक हजार ४३२ जनामा डेंगु पुष्टि भएको इडिसिडीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
डेंगु संक्रमणबाट सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ ।इडिसिडीको तथ्यांक अनुसार कर्णली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्लागरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन ।
काठमाडौं र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौंमा १५९, झापामा १२० जनामा डेंगु पुष्टि भएको छ ।
गत वर्ष ५२ हजार ७९० जनामा डेंगु पुष्टि भएको थियो । चिकित्सका अनुसार डेंगु हुनबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ अछाममा असार ३ गते ‘रामारोशन स्काई रन २०२६’ हुँदै, ७ लाख ५२ हजार रुपैयाँ पुरस्कार
- २ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ३ प्रधानमन्त्रीको अभिव्यक्ति सच्चिएपछि मात्र सदन चलाउन दिने निर्णय
- ४ सीपबाट आत्मनिर्भरता तर्फ डोहोर्याउन दक्षिणकालीमा २० दिने क्रिस्टल तथा पोतेका सामाग्री बनाउने तालिम सम्पन
- ५ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद्, अस्पताल र बीमा बोर्डका रिक्त पदमा आवेदन आह्वान
- ६ कुशल भुर्तेलको लगातार दोस्रो शतक, मलेसियाविरुद्ध ५४ बलमै १२६ रनको विस्फोटक इनिङ्स
- ७ मे महिनामा नेपालमा १ लाख २ हजारभन्दा बढी पर्यटक, आगमनमा १९ प्रतिशत वृद्धि

तपाईको प्रतिक्रिया दिनुहोस