ट्रम्पले महान्यायाधिवक्ता बोन्डीलाई पदबाट हटाए, सेना प्रमुखलाई पनि राजीनामा दिन भने
काठमाडौँ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन्।सँगसँगै, अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सेना प्रमुख र्यान्डी जर्जलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।
बालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको भन्दै जेल सजाय भोगेका जेफ्री एपस्टिनसँग सम्बन्धित फाइल सार्वजनिक गर्ने विषयमा उनको कामप्रति असन्तुष्टि जनाउँदै ट्रम्पले बिहीबार महान्यायाधिवक्ता बोन्डीलाई हटाउने निर्णय गरेका हुन्।अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सरकारी स्रोतहरूलाई उद्धृत गर्दै लेखेको छ, ‘ट्रम्पले आफ्ना आलोचक र विपक्षीहरूविरुद्ध मुद्दा चलाउन बोन्डीले अपेक्षाअनुसार छिटो काम नगरेको महसुस गरेका थिए।’
ट्रम्पले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार, उप–महान्यायाधिवक्ता टोड ब्लान्चले अस्थायी रूपमा महान्यायाधिवक्ता कार्यालयको नेतृत्व गर्नेछन्। ब्लान्च पहिले ट्रम्पका व्यक्तिगत वकिल पनि थिए।
यसैबीच इरानसँगको जारी युद्धका बीच अमेरिकी रक्षामन्त्री पिट हेगसेथले आर्मी चिफ अफ स्टाफ र्यान्डी जर्जलाई राजीनामा दिन भनेका छन् । पेन्टागनका मुख्य प्रवक्ता सिन पार्नेलले सामाजिक सञ्जालमार्फत् जर्ज अमेरिकी सेनाको ४१ औं चिफ अफ स्टाफको पदबाट निवृत्त हुन लागेका जानकारी दिएका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- ३ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ४ फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा स्थान बनायो
- ५ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ६ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ७ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग

तपाईको प्रतिक्रिया दिनुहोस